युवालाई रचनात्मक काममा लगाऔँ : पूर्वप्रधामन्त्री भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले युवाले देशमै रचनात्मक काम गर्नुपर्ने बताउनुभएको छ ।

निर्माणसम्बन्धी सम्पूर्ण काम एकै ठाउँमा हुने गरी स्थापना भएको राईजिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सीको आज उद्घाटन गर्दै उहाँले देश विकास गर्ने हो भने युवा जनशक्तिलाई रोजगारी दिएर निर्माणसम्बन्धी काममा लगाउनुपर्ने बताउनुभयो ।

यस्ता व्यवसायीलाई सरकारले सकारात्मक सहयोग गर्न सके वैदेशिक रोजगारीमा जाने जनशक्ति राष्ट्र निर्माणमा लाग्ने नेता भट्टराईको भनाइ थियो । निर्माणसम्बन्धी सबै काम एक थलोबाट हुने भएपछि भूकम्पपछिको पुनःनिर्माणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अमर राय, इञ्जिनीयर औरेन्द्र यादव लगायतले निर्माण क्षेत्रमा नयाँ तरिकाले काम गर्न लागिएको जानकारी दिनुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।