दुई दिन बितिसक्दा पनि अझै नियन्त्रणमा आएन आगलागी !

गोरखा, १० पुस । उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जङ्गलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिनुभयो ।

‘‘आगो नियन्त्रणको प्रयास भइरहेको छ, स्थानीयवासीले अन्य क्षेत्रमा आगो सर्न नदिन विभिन्न प्रयास गरिरहेका छन्’’ उहाँले भन्नुभयो । अहिलेसम्म कति हेक्टर जङ्गलमा आगो फैलिएको छ भन्ने कुनै यकिन हुन नसकेको लामाको भनाइ छ ।

मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने जङ्गलमा भएको आगलागीको अवस्था बुझ्न कार्यालयबाट दुई कर्मचारी (रेञ्जर) त्यसतर्फ पठाइको भए पनि भौगोलिक विकटताका कारण आज अबेरसम्ममा मात्र त्यस क्षेत्रमा पुग्ने उहाँले बताउनुभयो । आगो वीरेन्द्र तालतर्फ फैलिँदै गएको छ, आयोजना प्रमुख लामाले भन्नुभयो, “स्थानीयवासी साम्दोको जङ्गलमा पनि आगो फैलन्छ कि भनेर सर्तक भएर बसिरहेका छन् ।”

आगलागीबाट मनास्लु संरक्षण क्षेत्रभित्र रहेका अत्यन्तै दुर्लभ जातका जङ्गली जनाबर तथा चराचुरुङ्गी बढी जोखिममा परेको लामाको भनाइ छ । उक्त क्षेत्र कस्तुरीको बासस्थान क्षेत्र पनि हो । त्यहाँ हिमचितुवा, हिमाली थार, झारल तल्लो क्षेत्रमा कालोभालुलगायतका दुर्लभ जातका जङ्गली जनाबर र पशुपक्षी आगलागीको जोखिममा परेका छन् ।

स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिनसक्ने अवस्था नै नभएको जानकारी दिएको आयोजना प्रमुख लामाको भनाइ छ । ‘‘स्थानीयलाई अग्निरेखा बनाएर बस्न सल्लाह दिइरहेका छौँ, नाम्रुङ, फिलिमलगायतको प्रहरी चौकीबाट थप प्रहरी पठाएर सहयोग गर्न सकेको भए सजिलो हुन्थ्यो’’ उहाँले भन्नुभयो, “आगोले त्यस क्षेत्रमा रहेका धुपी सल्ला, भोजपत्रलगायतका बहुमूल्य जडीबुटीसमेत नष्ट भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖