सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार, सञ्चालकसहित ४ जना नियन्त्रणमा

काठमाडौँ, १३ पुस । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका – ५ विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ । मापदण्ड विपरीत सुधारगृह सञ्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले केन्द्रका सञ्चालक सुरती गुरुङसहित चार जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ, जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त अनुगमनमा सुधार केन्द्र मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । उद्धार गरिएका महिलामध्ये २५ जनालाई अभिभावकको र २४ जनालाई माइती नेपालको जिम्मा लगाइएको छ । सो विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैध रुपमा सुन सङ्कलन गरिरहेको अवस्थामा करीब ९९ ग्रामको सुनको बाला– २ थानसहित हेटौँडा उपमहानगरपालिका– ५ का सानोबाबु कार्कीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

यस्तै काठमाडौँ महानगरपालिका– ३२ जडीबुटीमा नक्कली सुनलाई सक्कली सुन भनी बिक्री गर्दै हिँडेका ललितपुर बस्ने काठमाडौँं महानगरपालिका– १७ का राजु परियारलाई बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सुन जस्तो देखिने बेरुवा औंँठी ४१ थान, साँझा औँंठी १२ थान, सिक्री २१ थान, बाला १ थान, टप ४ थान, चाँदी जस्तो देखिने सिक्री १ थान बरामद गरेको छ ।

परियारको साथबाट नगद रु १६ हजारसहित पत्थर सात थान, चक्कु एक थान, विभिन्न व्यक्तिको नागरिकता १२ थान, लाइसेन्स तीन थान, जनाबरको दाँत जस्तो देखिने सेतो वस्तु एक थान, ज्योति विकास बैंकको खाली चेक एक थान, चारवटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।