नेपालीलाई मुलुकबाहिर राखेर समृद्धिको कल्पना गर्न सकिँदैन : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रवासमा रहेका नेपालीको हित र रक्षाको निम्ति विशेष कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ ।

आज पार्टीको प्रवास विभागद्वारा काठमाडौँमा आयोजित ‘मुलुकको आर्थिक समृद्धिमा प्रवासीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले प्रवासमा रहेको ठूलो जनशक्तिबाट मुलुकमा भित्रिने पैसालाई राष्ट्रको वृहत्तर हितमा उपयोग गर्न राप्रपाले दीर्घकालीन कार्ययोजना तयार गर्ने बताउनुभयो । अध्यक्ष थापाले मुलुकको आर्थिक समृद्धिमा प्रवासीको महत्वपूर्ण भूमिका रहेको भन्दै लाखाँै सिर्जनशिल नेपालीलाई मुलुकबाहिर राखेर समृद्धिको कल्पना गर्न नसकिने बताउनुभयो ।

नेपालको कूल आयको ३० प्रतिशत विप्रेषणको रुपमा देशमा भित्रीरहेको भन्दै नेपाली जनसङ्ख्या ठूलो हिस्सा विदेश पलायन हुनु तथा विप्रेषणको सही सदुपयोग नहुनु चिन्ताको विषय बनेको उहाँले बताउनुभयो । राप्रपा वैचारिक दृष्टिकोणबाट मात्र फरक नभएको उल्लेख गर्दै उहाँले खुला बजारमुखी अर्थतन्त्रलाई राष्ट्रको आर्थिक समृद्धिको रूपमा आत्मसातसमेत गरेको बताउनुभयो । राजनैतिक, सामाजिक र आर्थिक दृष्टिकोणबाट राप्रपा फरक पार्टी बनाउन आफू लागि परेको र जनतालाई बुझाउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको नेता थापाको भनाइ थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।