बालबालिकाको चेहरामा खुशी देख्ने प्रधानमन्त्रीको चाहना

काठमाडौँ, १७ पुस । “बालबालिकाको चेहरामा खुशी देखेँ भने म पनि खुशी हुन्छु” प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको प्रश्नको जवाफमा भन्नुभयो, “मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा मलाई खुशी लाग्छ ।”

नेपाल स्काउटले आयोजना आज गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नयाँ पिँढीको चेहरामा मुस्कान हुनुपर्नेमा जोड दिनुभयो । “मानिस भोकबाट मुक्त हुनुपर्दछ । कठ्याङ्ग्रिएर मर्ने अवस्था आउनु हुँदैन । समाज समतामूलक हुनुपर्दछ । त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुशी हुन्छु”, उहाँले भन्नुभयो ।

बालबालिकाले प्रधानमन्त्री ओलीलाई बाल्यकाल कसरी बित्यो भनेर जिज्ञासा राखेका थिए । पूर्वी पहाडको तेह्रथुम जिल्लाको छातेढुङ्गामा विसं २००८ मा जन्मिएको सुनाउँदै प्रधानमन्त्री ओलीले प्राथमिक स्कूल पढ्दा दुई प्रकारका गृहकार्य गर्नुपरेको सुनाउनुभयो । “एउटा विद्यालयका शिक्षकले दिएको गृहकार्य र अर्को घरमै सिर्जना हुने गृहकार्य जस्तै घाँस दाउरा, गाई बाख्राको हेरचाह आदि,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुवै गृहकार्य म कुशलतापूर्वक गर्थें ।”

प्रधानमन्त्री ओलीलाई सामुदायिक विद्यालयका एक विद्यार्थीले सोधे “सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नै पुग्दैनन् । शिक्षाको गुणस्तर कसरी वृद्धि हुन्छ ?” प्रधानमन्त्री ओलीले विद्यार्थीलाई पाठ्यपुस्तक नपुग्ने विषय अब इतिहास भइसकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “समयमा पाठ्यपुस्तक नपुग्ने अब हुँदैन र आगामी वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर पनि हुँदैनन्”, प्रधानमन्त्री ओलीले अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले त्यसको जानकारी लिनैपर्ने तर त्यसो गर्दा नेपाली भाषा नजाने पनि हुने अथवा नेपाली भाषा नजानेकामा गर्व गर्न नहुने बताउनुभयो । उहाँका अनुसार विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउनु राम्रै हो । त्यसो गर्दा नेपाली भाषाचाहिँ नजाने पनि अथवा नपढाए पनि हुन्छ भन्ने चाहिँ होइन, आफ्नो राष्ट्रिय भाषा र मातृभाषामा सबैको दख्खल हुनुपर्दछ ।

बालबालिकाले प्रधानमन्त्री ओलीलाई निर्मला पन्तको बलात्कार र हत्याको विषयमा पनि जिज्ञासा राखेका छन् । प्रधानमन्त्री ओलीले यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरकार गम्भीर रहेको बताउनुभएको थियो । “निर्मलाको बलात्कार र हत्याका दोषीको खोजी भइरहेको छ । उनीहरु पत्ता लाग्छन् । शुरुआती चरणमा प्रहरीबाट पनि केही गल्ती भएको छ । अहिले उच्चस्तरीय छानविन समिति गठन गरेर अनसुन्धान भइरहेको छ । नेपाल प्रहरी यस्ता घटनाको अनुसन्धान गरेर अपराधी पत्ता लगाउन सक्छ । अपराधी पत्ता लगाउन मैले पटकपटक निर्देशन पनि दिएको छु ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।