सुत्केरीलाई नेपाली सेनाको रगत

बेत्रावती, १८ पुस । रसुवाको नौकुण्ड गाउँपालिका–४ सरमथलीकी सीताकुमारी मोक्तान सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाले उपलब्ध गराएको रगतबाट जोखिमुक्त हुनुभएको छ ।

ब्यथाले च्यापेपछि सोमबार जिल्ला अस्पताल त्रिशूली भर्ना हुनुभएकी २३ वर्षीया मोक्तान सामान्य अवस्थामा सुत्केरी भए पनि अत्यधिक रक्तश्रावले जोखिम बनेको शरीरमा आवश्यक रगत आज नेपाली सेनाले उपलब्ध गराएको हो ।

“पहिलो सन्तानका रुपमा छोरी जन्माएकी मोक्तानको शरीरको रगत निकै खेर गएर शरीर शिथिल भएको थियो ।” जिल्ला अस्पतालका डा मधुकर दाहालले भन्नुभयो, “दाताको सहयोगमा चार प्रिन्ट रगत दिएर बचाएका छौँ ।”

उहाँलाई आवश्यक ‘बी पोजेटिभ’ समूहको रगत श्रीनाथ गण देवीघाटमा कार्यरत सहसेनानी विद्युत्कुमार बस्नेत र सिपाही अजय चौधरीले दान गर्नुभएको थियो । चार पिन्ट रगत आवश्यकपर्नेमा बाँकी सुत्केरीका जेठाजु दिलबहादुर मोक्तान र बट्टारका ओम अमात्यले दिनुभएको थियोे । नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले रक्तसञ्चार केन्द्र स्थापना गरी रगत उपलब्ध गराउँदै आए पनि हाल अभाव रहेको छ ।

दातामा जनचेतनाको अभाव र नियमित रक्तदान कार्यक्रम नहँुदा पछिल्लो समय रगतको अभाव भएको केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो । यहाँ रगत अभाव हुँदा नेपाली सेनाबाट आवश्यक रगत उपलब्ध गराई धेरै बिरामीको ज्यान बचाउन सहयोग पुग्दै आएको छ ।

रसुवाको नौकुण्ड गाँउपालिका–४ सरमथलीका २३ वर्षीया सीताकुमारी मोक्तान जिल्ला अस्पताल त्रिशूलीमा सुत्केरी हुँदा अत्यधिक रक्तस्राव भएपछि उहाँलाई बचाउन आवश्यक रगत बुधबार उपलब्ध गराएका श्रीनाथ गण देवीघाटमा कार्यरत सहसेनानी विद्युतकुमार बस्नेत र सिपाही अजय चौधरी । सुत्केरी बचाउन आवश्यक चार प्रिन्ट मध्ये दुई प्रिन्ट रगत नेपाली सेनाबाट उपलब्ध भएको हो । तस्वीर ः रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।