युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्छ : राष्ट्रपति

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चल विश्वविद्यालयले युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्ने बताउनुभएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सवको आज समुद्घाटन गर्दै उहाँले मुलुकलाई अहिले चाहिने दक्षजनशक्तिअनुसारको शिक्षा दिन विश्वविद्यालयले पाठ्यक्रममा सुधार गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले ज्ञान र विज्ञानको केन्द्र रहेको विश्वविद्यालयले यहाँको उद्योग, कृषि र पर्यटन क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न आफ्ना मापदण्ड, योजना र नीति बनाउन सुझाव दिँदै सम्भाव्यता उपयोग गर्न विश्वविद्यालयले शिक्षामा परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको अवसरलाई पूर्णरुपमा सदुपयोग गर्नसके देश र जनताका कल्याण हुने भन्दै पूर्वाञ्चल विश्वविद्यालयको भौतिक र शैक्षिक विकासमा योगदान पु¥याउने सबैलाई धन्यवाद दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वाञ्चल विश्वविद्यालयसँग प्रर्याप्त पूर्वाधर भएको धनी संस्था हो भन्दै नेपाललाई चाहिने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको प्रयत्न निरन्तर अघि बढ्नुपर्छ भन्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेले मुलु्कमा आर्थिक उन्नतिले मात्र नेपाली जनतामा खुशी र सुखी ल्याउन नसक्ने भन्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न शिक्षाको विकास हुनुपर्नेमा जोडभयो ।

उहाँले दक्षजनशक्ति कसरी उत्पादन गर्न सकिन्छ त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने भन्दै शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृिद्धसँग जोड्न विश्वविद्यालयले सोच्नुपर्ने समय आएको बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास र रजिष्ट्रार प्रर्मिला थापाले विश्वविद्यायलयको गतिविधि तथा अगामी दिनमा सञ्चालन गर्ने शिक्षाका बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा विश्वविद्यालयमा सहयोग पु¥याउने प्रथम सेवा आयोगका अध्यक्ष प्राध्यापक कृष्ण पोखरेल, प्रथम उपकुलपति स्व धु्रवनारायणलाई मरणोपरान्त, पूर्वउपकुपति तोरणबहादुर कार्की र विराटनगर नगरपालिकाका तत्कालीन प्रमुख अशोक कोइरालालाई सम्मान गरिएको थियो ।

उपकुलपति प्रा डा दासले राष्ट्रपति भण्डारीलाई अभिनन्दनपत्रद्वारा सम्मान गर्नुभयो भने राष्ट्रपति भण्डारीले रजतस्तम्भको अनावरण गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।