नयाँ क्रान्तिको शुरुआत भयो : अध्यक्ष दाहाल

बुटवल, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको शुरुआत भएको बताउनुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीसहितको समानता स्थापना हुनु समाजवादतर्फ अगाडि बढ्ने सुखद अवसर भएको बताउँदै उहाँले यस अवसरलाई खेर पाल्न नहुने बताउनुभयो ।

वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीद्वारा प्रकाशित ‘लोक अभियान पाक्षिक पत्रिका’को आज बुटवलमा विमोचन गर्दै अध्यक्ष दाहालले नेकपाको नेतृत्वको दुई तिहाई सरकारले देश र जनतालाई समृद्धिको दिशामा अगाडि बढाउन खोजे पनि पराजित वर्गले प्राप्त उपलब्धीलाई निस्तेज पार्न विभिन्न प्रयत्न गरिरहेको आरोप लगाउनुभयो । उहाँले दुई तिहाईको बहुमतको सरकारले जनताको पक्षमा काम नगर्ने हो भने प्राप्त उपलब्धी गुम्ने खतरा रहेको र सरकारले जनताका कुरा सुन्न छाडे प्रतिक्रान्तिको खतरा रहेको समेत औँल्याउनुभयो ।

जनतालाई विभिन्न किसिमले भ्रमित बनाउने र कम्युनिष्ट एकतालाई विफल पार्न दायाँ वा बायाँ कोणबाट वा देशीविदेशी शक्तिबाट विभिन्न चलखेल भइरहेको बताउँदै उहाँले भन्नुभयो, “चलखेल निस्तेज पार्न सबैको हातेमालो जरुरी छ ।” अध्यक्ष दाहालले विश्व क्रान्तिको आन्दोलन अहिले रक्षात्मक अवस्थामा रहेको बताउँदै अब कम्युनिष्ट आन्दोलनलाई अग्रगमनतर्फ भन्दा पनि रक्षात्मक तरिकाले अघि बढाउनु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ प्रगतिशिल लेखक तथा साहित्यकार दिल साहनीले लोकतन्त्रको सुदृढीकरणका लागि पत्रकारिताको खबरदारी सदैब हुनुपर्नेमा जोड दिनुभयो । पत्रिकाका प्रकाशक तथा वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीले विगतमा जस्तै देश, जनता र प्रजातन्त्रका खातिर पत्रकारितामार्फत योगदान दिन र लोकतन्त्रका विरोधीलाई खबरदारीका लागि आफूले फेरी पत्रिका प्रकाशन गर्न लागेको जानकारी दिनुभयो ।

यस लगत्तै अध्यक्ष दाहालले आजै बुटवलस्थित नेकपाको पार्टी कार्यालयमा पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहँुदै स्थायी कमिटीको बैठकले कार्यकर्तामा एकतालाई अझै बलियो र उत्साहको सन्देश दिएको बताउनुभयो । उहाँले अब छिट्टै नै तल्लो तहसम्म एकताको टुङ्गो लाग्ने बताउँदै कार्यकर्तालाई पार्टी काममा सक्रियता पूर्वक लाग्न निर्देशनसमेत दिनुभयो ।

तत्काल मन्त्रिपरिषद् पुनःगठन हुँदैन

भेलालाई सम्बोधन गरेर बाहिरिँदै गर्नुभएका अध्यक्ष दाहाललाई पत्रकारले सरकारमा मन्त्रीको फेरबदलको विषयमा सोधको प्रश्नमा उहाँले तत्कालन मन्त्रिपरिषद् फेरबदल नहुने स्पष्ट गर्नुभयो । अध्यक्ष दाहालले सरकारका काम कारवाही र मन्त्रीको कामका बारेमा गम्भीर समीक्षा गरिरहेको छौँ तर तत्कालै मन्त्रिपरिषद् पुनःगठनको कुनै सम्भावना छैन भन्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।