आगलागीमा परी ३ बालबालिकाको मृत्यु

बागलुङ, २४ पुस । गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ ।

आज अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिनुभयो ।

यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ । गोठमा राखिएको खरमा आगो सल्किँदा उक्त दुःखद् घटना निम्तिएको हो ।

आगलागीबाट गोठमा पूर्ण रुपमा क्षति पुगेको छ । गोठमा वस्तुभाउ भने नभएको जनाइएको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शव निकाली घटनास्थलको मुचुल्का उठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।

आगलागीबाट रु छ लाखको क्षति

पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पास्थित साकिनेमा एक घरमा आगलागी हुँदा करीब छ लाख मूल्य बराबरको क्षति भएको छ ।

रुद्रबहादुर दर्लामीको घरमा आज दिउँसो करीब २ बजेको समयमा भएको आगलागीमा घर गोठ जलेर नष्ट भएको छ । आगलागीबाट गोठमा रहेका दुईवटा भैसी र घरमा रहेका दुई थान मोवाइल सेट तथा लत्ताकपडालगायत जिन्सी सामानसहित करीब रु ६ लाख ७० हजार मूल्य बराबरको क्षति भएको पूर्वखोला इलाका प्रहरी कार्यालयका प्रमुख टकबहादुर आलेले जानकारी दिनुभयो ।

दर्लामीको घरमा अचानक आगो लागेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको वडाध्यक्ष निरबहादुर सारुले बताउनुभयो । स्थानीयवासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ । आगलागीपीडित परिवार अहिले आफन्त छिमेकीको शरणमा बसेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।