सरकारको गतिबिधिको बिरोध गर्दै धनकुटामा मसाल जुलुस
धनकुटा खबर । नेपाल विद्यार्थी संघ धनकुटाले आज साँझ सरकारको गतिबिधिको बिरोध गर्दै धनकुटा सदरमुकाममा मसाल जुलुस निकालेको छ ।
नेपाल विद्यार्थी संघसंग आवद्ध विद्यार्थीहरुले धनकुटा बहुमुखी क्याम्पसबाट निकालेको मसाल जुलुस मदनचोकमा पुगि बिरोध सभामा परिणत भएको थियो । जुलुसमा विद्यार्थीहरु पोलपोलमा सरकार टोलटोलमा बलात्कार, अधिनायकबादी सरकार मुर्दाबाद, डा. केसीको माग पुरा गर लगायतका सरकार बिरोधी नारा लगाएका थिए ।
बिरोध सभालाई सम्वोधन गर्दै नेपाल विद्यार्थी संघ धनकुटाका अध्यक्ष बालानन्द दाहालले सरकार अधिनायकवादी बनेको र नेपाल विद्यार्थी संघका विद्याथीलाई धरपकड गरेर आफ्नो लाचारी प्रदर्शन गरेको बताए ।

सरकार पूर्ण रुपमा भ्रष्टाचारमा लिप्त भएकोले आफ्नै पाटीबाट समेत सरकारको बिरोध भई रहेकोले सरकारमा बसेकाहरु जतीसक्दो भ्रष्टाचार गररे र कमाउनु पर्छ भन्ने मानसिकता रहेकोले सरकारको त्यस्तो कदम रोक्नका लागि नेबिसंघ बिरोध उत्रिएको भनाई राखेका थिए ।
कार्यक्रमा बोल्दै विद्यार्थी नेता कृष्णप्रसाद पराजुलीले सरकाले यो आन्दोलन लाई सानो सम्झिए र दमनमा उत्रिए सरकारका सबै संरचना लाई तहस नहस पार्ने क्षमता नेविसंघमा रहेको धारण राखे ।


