अर्कै युवकसँग प्रेममा परेपछि श्रीमतीकै योजनामा श्रीमानको हत्या

धनकुटा खबर । ३ महिना अघि धनकुटाको हिलेमा सन्चालन भएको मिनी मेलामा हत्या गरिएका सुनसरी ईटहरी १५ का रामबाबु चोधरीको हत्यामा संलग्न २ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

लामो समयको अनुसन्धान पछि धनकुटा प्रहरीले मृतकी श्रीमती र उनकी प्रेमीलाई हत्याको अभियोगमा प्रक्रमउ गरेर शुक्रबार सार्वजनिक गरेको छ ।

प्रहरीले साँगुरीगढी गाउँपालिका वडा नं. ९ घरभई हाल बराहक्षेत्र ५ कालाबन्जार बस्ने बर्ष ३१ का सविन राई र मृतककी श्रीमती ईटहरी १५ बर्ष २९ की प्रिया चौधरीलाई प्रक्राउ गरेको हो ।

दुबै बीच प्रेम सम्बन्ध भएपछि गएको ५ महिना देखिको योजना बनाएर चौधरीको हत्या गरिएको प्रारमिभक अनुसन्धानमा खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

चौधरीको हत्यापछि बिवाह गर्ने सल्लाहमा प्रियाले आफ्नो श्रीमानको हत्या गर्न राईलाई उक्साएको अनुसन्धानमा पत्ता लागेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

चौधरीको २ जना र ड्राईभिङ पेशा गर्ने राईका राईका १ जना सन्तान रहेका छन् । हिलेको मिनी मेलामा कर्मचरीका रुपमा कार्यरत ३८ बर्षका चौधरीको कार्तिक १६ गते हत्या भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।