तानाशाही व्यावस्था ल्याउँछौ भन्नु सरकार लागि घातक : पूर्व-महामन्त्री सिटौला
धनकुटा खबर । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले बहुमतको भरमा तानाशाही व्यावस्था ल्याउछौ भन्नु सरकार, नेकपाका लागि घातक हुने बताएका छन् ।
धनकुटामा मंलबार पत्रकार भेटघाट कार्यक्रमा बोल्दै नेता सिटौलाले संबैधानीक निकायमा नियूति गर्दा सरकारलाई अप्ठेरो पार्नु भयो भने दुई तिहाई छ भन्ने जस्ता धम्की दिने कर्मचारीलाई आतंकित बनाउने र प्रमुख प्रतिपक्ष लाई सोझै पेलिन्छ भन्ने जस्ता तानाशाही कुरा र काम गरे त्यो तानाशाही प्रवृती संसारमा समेत पराजीत भई सकेको व्यावस्था भएकोले सरकारका लागि त्यो घातक हुने बताएक हुन् ।

लोकसेवा आयोग प्रतिको जनताको आस्था गुम्ने कार्य सरकारबाट भएकाले सबै यूवा त्यसको खवरदारीमा उत्रिनु पर्ने बताउदै नेता सिटौलाले । सरकार लाई आफुहरुले राम्रो काम गर्न सुझाव र सहयोग गरे पनि सरकार माफियाको कुरा मात्र सुनेको र देशको चिन्ता भएका नेकपा भित्रका नेताको कुरा समेत नसुनेको नेकपाका नेताहरुले आफू संग गर्ने गरेको उनको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै नेता सिटौलाले गाउँ देखि नै यूवाहरु चुनावी प्रतिशपर्धा गररै नेतृत्वमा आउन गाउँ देखि केन्द्र सम्म यूवा नै अगाडी आउन आग्रह गरे । पाटीमा बहस छलफल जारी रहनु पर्छ भन्ने भारण समेत आफ्नो भएको बताए ।


