गैर आवासीय नेपाली संघ साउदीको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा तेजबहादुर

नवराज तामांग योन्जन,साउदी । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबको शुक्रबार दमामस्थित अल खायाम रेस्टुरेन्टमा सातौं महाधिवेशन सम्पन्न भएको छ ।

दुई चरणमा गरिएका कार्यक्रममा प्रमुख अतिथि साउदीका लागि नेपाली दूतावास डा.प्रा. महेन्द्र सिंह राजपुत, संघका केन्द्रिय उपाध्यक्ष तथा अध्यक्षका प्रत्याशी कुमार पन्त र कार्यक्रमका सभापति नारायण पासवानले संयुक्त रूपमा पानासमा बत्ति बालेर महाधिवेशनका उद्घाटन गरेका थिए ।

कार्यक्रममा संघका बरिस्ठ उपाध्यक्ष ध्रुव रिजालले स्वागत मन्तव्य राखेका थिए । समारोहमा संघका स्थानीय तथा क्षेत्रीय समितिहरुले व्यानर र नेपाली झण्डा बोकेर मार्चपास गरेका थिए । भिज्युलाईजेशन प्रविधिबाट बनाएका संघका कार्यप्रगति विवरणलाई महासचिव तेजबहादुर थापा र सचिव बिशाल श्रेष्ठले प्रस्तुत गरेका थिए ।

संघकी गल्फ मध्यपूर्व महिला उपसंयोजक यस्मिन बेगमको संयोजकत्वमा बनेको समितिले दोस्रोपटक संघको बिधान संशोधन गरेका थिए । समितिको संयोजक बेगमले संसोधित बिधान पढेर सुनाएको थियो ।

महाधिवेशन निर्वाचन समितिका संयोजक जोन (राजेन्द्र) अर्यालले आईसीसी सदस्य बाहेकका पदहरु सहमतिमै टुंगो लागेको बताए । संयोजक अर्यालका अनुसार सेप्टेम्बर १३ तारिख शुक्रबार आईसीसीका लागि निवर्तमान अध्यक्ष नारायण पासवान र उपाध्यक्ष उषा केसी बिच रियादस्थित दूतावासमा निर्वाचन हुनेछ । निर्वाचन समितिका संयोजक तोकिए यता आईसीसीका सदस्य धरम केसीले राजिनामा दिन हदसम्मको दबाब दिए, तर म आफ्नो दायित्व पूरा नगरिकन विश्राम लिनै सक्दिन अर्यालले भने,´।

कार्यक्रमका सभापति तथा अध्यक्ष नारायण पासवानले २०१७/२०१९ का कार्यसमिति विघटन गरेका थिए । निवर्तमान अध्यक्ष पासवानले संघ प्रतिका लगाब, पदाधिकारी साथीहरूले दिएको महत्त्वपूर्ण योगदान र विश्वास प्रति कृतज्ञता व्यक्त गर्ने शब्दकोषमा शब्दनै नभएको बताइन् । मेरो दुई कार्यकालमा भएका कमि कमजोरीबाट भएका समस्याहरुलाई नवनिर्मित समितिले इट्ट थपे आश लिएको जनाइन् ।

सातौं महाधिवेशनबाट तेजबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिमा बरिस्ठ उपाध्यक्ष ध्रुव रिजाल, उपाध्यक्षहरुमा बिशाल कुमार श्रेष्ठ, रोशन श्रेष्ठ र भोला पौडेल, महासचिव उमेश भट्टराई, कोषाध्यक्ष संतोष लुइँटेल, सहकोषाध्यक्ष योगेन्द्र बहादुर श्रेष्ठ,महिला संयोजक रबिना अर्याल र युवा संयोजक राजकुमार श्रेष्ठ चयन भएको छ । संघका प्रवक्तामा बिष्णु न्यौपानेलाई मनोनीत गरेको छ ।

त्यसैगरी सदस्यहरुमा बालकृष्ण पंगेनी, नरेन्द्र बहादुर कार्की, बिष्णु प्रसाद पोखरेल, चन्द्रमणि भण्डारी, सत्य नारायण केसी, रामबहादुर क्षेत्री रहेका छन् । रिक्त रहेका एक उपाध्यक्ष सचिवलाई पछि मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष थापाले बताए । नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई संघका केन्द्रिय उपाध्यक्ष पन्तले सपथ ग्रहण गराइएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राजदूत डा.प्रा.महेन्द्र सिंह राजपुतले शुभकामना मन्तव्यका क्रममा संघले दूतावासका प्रत्येक कार्यहरूलाई सहयोग गरिरहेकामा धन्यवाद दिए । नेपाल सरकारले सन् २०१९ जुलाईमा गरेका १०००+३०० न्यूनतम मासिक तलब कार्यनयनका लागि संघले विज्ञप्ति प्रकाशित गरि दूतावासलाई उर्जा थपिदिएका बताए । राजदूत राजपुतले सन् २००७ मा दूतावासको प्राङ्गणमा जन्मिएका संघ दूतावास सन्तान हो र सन्तानका लागि आमाबुबाको दायित्व भनेको सन्तानका संरक्षक गरिरहनु भएकाले संघलाई दूतावासको सधै सहयोग रहने छ, राजदूत राजपुतले भने,´।

संघका उपाध्यक्ष तथा २०१९ /२०२१ का अध्यक्षका प्रत्याशी कुमार पन्तले शुभकामना मन्तव्य राख्दै नेपाललाई ३७% प्रतिशत रेमिटेन्स पठाउने देशमा श्रम गरिरहेका नेपालीहरुसँग भेट्न पाएकोमा संघका साउदी समितिलाई धन्यवाद दिए । पन्तले सुरुका दिनमा आफुले पनि भाँडानै माजेकाले श्रमिकका दुख पिडालाई नजिकबाट बुजेकाले आफु सधै श्रमिकहरुको बिचमा रहन मनपराउने बताए । गल्फ मध्यपूर्वकी उपसंयोजकले भनेझैं यसपटकको ” महाधिवेशनमा किन जाने अन्त, छेउमै छ कुमार पन्त ” भन्ने नारालाई आत्मसात गर्दै २०१७/२०१९ कार्यकालमा उपाध्यक्ष बनाई दिए जस्तै यसपटक पनि नेपाल आई अध्यक्षमा निर्वाचित गराउनुस र यहाँहरु बिजय गराउनेछ भन्ने आशा लिएका छौ पन्तले भने,´ ।

संघकी गल्फ मध्यपूर्व महिला उपसंयोजक बेगमले शुभकामना मन्तव्य क्रममा आईसीसी सदस्य तथा संघ साउदीका पूर्वाध्यक्ष धरम केसीले उत्तर कोरियाका प्रमुख किम्जोङका र लेबनानका गद्दबी पारामा संघमा हस्तक्षेप गर्न खोजेकोमा आपत्ती जनाइन् । बेगमले केसीले आफ्न कार्यकालमा मात्र नभई संघका प्रत्येक जस्तो महाधिवेशनहरुमा आफू निकटलाई अध्यक्ष बनाउदै आएको र उक्त अध्यक्षले केसीको इशारामा नचलेको खण्डमा महाअभियोगलाई अन्यलाई ल्याउने गरेको बताइन् । नेपाली दूतावास रियादमा आईसीसी सदस्यका लागि केसीकी धर्मपत्नी उषा केसी र निवर्तमान अध्यक्ष नारायण पासवान बिच हुनलागेको निर्वाचन पनि केसीकै अलोकतान्त्रिक कार्यका कारण हुनलागेको हो बेगमले भनिन्,´।

समारोहमा प्रवासी एकता मञ्चका संयोजक शिबराज जैसी, जन सम्पर्क समितिका बरिस्ठ उपसभापति अर्जुन थापा शुभकामना मन्तव्य,निर्वाचन समिति सदस्य रमेश भण्डारी संघका संरक्षक बिमल गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नियोग उपप्रमुख दिलीपकुमार पौडेल, श्रम सहचारी अम्बिका अधिकारी, दूतावास कर्मचारी हरि घिमिरे, जिफन्ट सहयोग समूहका अध्यक्ष बुद्धिमान विक,अन्तर संस्था समन्वय समितिका अध्यक्ष कृष्ण पुरी, किराँत राई यायोक्खाका उपमहासचिव रबिन थुलुङ, तमु धि का अध्यक्ष खेम गुरुङ, मगर संघका कार्यबाहक अध्यक्ष बम बहादुर मगर, स्याङ्जा सहयोग समाजका महासचिव टीका केसी, नेपाली पारिवारिक समाजका अध्यक्ष अमृत पौडेल, मदेशी हेल्पका अध्यक्ष कमलदेव साह सम्मान मदेशका अध्यक्ष त्रिलोक यादव, दिदिबहिनी समूहकी उपाध्यक्ष दिल कुमारी राई, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका कोषाध्यक्ष भिम मगर, हिमालयन एयरलाइन्सका प्रतिनिधि सुवास तिमिल्सिना, टेली मनीका प्रतिनिधि सुनिल खनाल, पृथ्वी रेमिटेन्सका, एनए मिडियाका प्रबन्ध निर्देशक रोशन एन श्रेष्ठ, व्यवसायी कुमार हुमागाई, भुवन थापा लगायत रहेका थिए ।

समारोहमा स्थानीय बाल कलाकारहरु दिक्षा थापा, दिब्या थापा, तपस्या अधिकारीले नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा बिष्णु न्यौपाने लगायतका साहित्यकारहरु व्यंग्यात्मक कविता बचन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।