मनोमनी समाचार लेखेको भन्दै पत्रकार प्रेम केडीमाथि हा’तपात

पथरी । डाँस मोरङ्गी बनको मनोमनी बिषयमा समाचार लेखेको बिषयलाई लिएर पथरीका पत्रकार प्रेम केडी भट्टराईमाथि आ क्रमण भएको छ । कार्यालयबाट काम सकेर घर फर्कर्ने बेलामा साँझ हातले इसारा दिंदै बोलाएर पत्रकार केडीमाथि बनका अध्यक्ष जिवन कटुवालले अन्धाधुन्ध कुटपिट गरेका हुन् । बनको विषयमा पत्रकार केडीले क्रेजी डटकम अनलाईनमा समाचार प्रकाशन गरेका थिए ।

यस्तो थियो समाचार
मोरङगको पथरीशनिश्चरे १० मा रहेको श्री डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष र पदाधीकारीको मनोमानी हुने गरेको पाइएको छ । हिँजो भएको वार्षिक साधारणसभा एस ई ई मा उत्कृष्ट नतिजा ल्याउने उपभोक्तका सन्तानहरुलाई नगद सहित सम्मान गरिएको थियो । तर वोलिमा उत्कृष्ट नतिजा ल्याउनेलाई भनेर बोलीए पनि यथार्थमा त्यस्तो भएको थिएन ।

उपभोक्ता अर्जुन ढुङगानाकी छोरिले बि प्लस सहितको नतिजा ल्याएकी थिइन तर समितिले डि ग्रेड ल्याउने निशा पौडेललाई पुरस्कृत गरेको थियो । त्यस्तै समितिको साधारणसभामा प्रश्न राख्ने क्रममा गत चुनावमा उपाध्यक्ष पदमा उम्मेद्वार समेत रहेका दिपेन्द्र दाहाललाई जवाफ दिनुको सट्टा उल्टै हप्काइएको छ ।

उनले राखेको प्रश्नको जवाफ दिनुको सट्टा अध्यक्ष जिवन कट्वालले थर्काउने काम गरेको भन्दै उपभोक्ता आक्रोसित वनेका छन् । समितिका पदाधिकारीहरुकै लापरवाहि र मनोमानीका कारण बर्षाैँदेखि वन बनब ऋण मुक्त नभएको भन्दै उपभोक्ताहरु आक्रोसित हुँदै आएका छन् । समितिलाई केहि वर्षअघि मुद्धा लागेको थियो । सो मुद्धा मिलाउनका लागि भन्दै उपभोक्तासँग उठाएको लाखौँ रकम अहिले पनि हिसावविहिन बनेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।