फोनिज युके पत्रकारिता सम्मान शान्ति गुरुङलाई प्रदान गर्ने निर्णय

लण्डन । फोनिज युके पत्रकारिता सम्मान शान्ति गुरुङलाई बेलायत नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), युकेले ‘फोनिज युके पत्रकारिता सम्मान–२०१९’ पत्रकार शान्ति गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ ।

फोनिज युकेकी अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षतामा यही सेप्टेम्बर 3 तारिख, २०१९ गोर्खा भवन फार्नबरोमा बसेको बैठकले यो निर्णय गरेको हो । सम्मानको राशि ३० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । फोनिज युकेले रेडियो बिजिडब्लुएसका निर्देशक सोनाम छिरिङ शेर्पाको संयोजकत्वमा गठन गरेको पत्रकारिता सम्मान छनोट समितिले फोनिज केन्द्र (नेपाल)ले सिफारिस गरेको ५ जना पत्रकारमध्ये वरिष्ठताका आधारमा शान्ति गुरुङलाई चयन गरिएको हो ।

पत्रकार शान्ति गुरुङको जन्म २०२९ साल असार २६ गते लमजुङको महाशिला गाउँपालिकाको लमतुनमा भएको हो । उहाँ रुपन्देहीको बुटवल नगरपालिका–१३ स्थायी घर भई कास्कीको पोखरा उपमहानगरपालिका–६ लेकसाइडमा बसोबास गर्दै आउनु भएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर शिक्षा हासिल गर्नु भएको छ । २०५४ सालमा गुरुङ भाषाको समाचार वाचिकाको रुपमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरा प्रवेश गर्नुभएको हो । हाल समाचार सम्पादक पदमा कार्यरत हुनुहुन्छ । उहाँले मातृभाषामा समाचार वाचन, कार्यक्रम संचालन, आदिवासी जनजाति सम्बन्धी कार्यक्रम संचालन गर्दैआउनु भएको छ । यसैगरी ब्रिटिश फोर्स ब्रोडकास्टिङ सर्भिस (बिएफबिएस)को संवाददातासमेत हुनुहुन्छ । उहाँले बहुमुखी प्रतिभाशाली शान्ति गुरुङ लोकदोहोरी गायिकासमेत हुनुहुन्छ । उहाँले २०५२ सालमा रेडियो नेपालबाट स्वर परीक्षासमेत पास गर्नुभएको छ ।

उहाँ एक सम्मानित लोकगायिकासमेत हुनुहुन्छ । साथै उहाँ सामाजिक सेवामा समेत संलग्न हुनुहुन्छ । तमु प्हे ल्यु संघ केन्द्रीय कार्यसमितिको महासचिव हुनुहुन्छ । शान्ति गुरुङ पेसागत संगठन नेपाल पत्रकार महासंघ प्रदेश नं.४ कार्यसमितिको उपाध्यक्ष, प्रेस चौतारी केन्द्रीय कार्यसमितिको उपाध्यक्ष, तमु (गुरुङ) पत्रकार संघ कास्की जिल्ला कार्यसमितिको अध्यक्षसमेत हुनुहुन्छ । फोनिज युकेले यसअघि सन् २०१६ को ‘फोनिज युके पत्रकारिता सम्मान’ पत्रकार गोपाल छाङ्छा राई र ‘फोनिज युके पत्रकारिता पुरस्कार’ रामविकास चौधरीलाई प्रदान गरिएको थियो । त्यसैगरी सन् २०१७ को ‘फोनिज युके पत्रकारिता सम्मान’ पत्रकार गणेशमान गुरुङ र ‘फोनिज युके पत्रकारिता पुरस्कार’ मिलन लिम्बुलाई प्रदान गरिएको थियो भने ‘फोनिज युके पत्रकारिता सम्मान–२०१८’ पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको थियो ।

सन् २०१९ को सम्मान यही २०७६ असोज अन्तिम साता काठमाडौंमा प्रदान गरिने कुरा अध्यक्ष प्रमिला लाबुङले बताउनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।