कांग्रेसलाई बलियो बनाए चुनाब त्यसै जितिन्छ : नेता लिङ्देल

धनकुटा खबर, २७ भदौ । चुनाब जित्नका लागि र कांग्रेस लाई बलियो बनाउनका लागि सबै कांग्रेसीहरु आफ्नो आफ्नो ठाउँ बाट लागि पर्नु पर्ने कांग्रेस नेता विश्वदिप लिङ्देलले बताएका छन् ।

दोस्रो राष्ट्रिय जागरण अभियान अन्र्तगत नेपाली कांग्रेसको धनकुटा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र (क) ले आयोजना गरेको कार्यक्रम लाई सम्वोधन गर्दे नेता लिङ्देलले यस्तो बताएका हुन् ।

कांग्रेस भित्र रहेका समस्याले नै कांग्रेस लाई सताएको भन्दै नेता लिङ्देलले कांग्रेसले अब सरकारले गरेका नितिगत भष्ट्राचार र प्रदेश सहित स्थानिय सरकारले गरेका भष्ट्राचार लाई जनता सामु ल्याउनु पर्ने आवश्यता रहेको बताए । कांग्रस लाई समय मै बलियो बनाउन सके आगामी चुनाब त्यसै जित्न सकिने समेत उनको भनाई थियो ।

भष्ट्राचारका कुरा उठाउदाँ कार्यकता लाई कतै बाट असुरक्षा भए त्यसको सुरक्षाको ग्यारेनटी पाटीले लिने समेत बताए । गलत कार्यको विरोध गर्दा कसै लाई धाक धम्की दिए त्यो कांग्रेस लाई सहिय नहुने समेत उनको भनाई थियो ।

दोस्रो चरणको जागरण अभियान अन्र्तगत नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लाको दुवै प्रदेश सभा निर्वाचन क्षेत्र अन्र्तगतका ६० वटै वडाहरु असोज ३ गते सम्म र ७ वटै पालिकामा असोज ६ गते सम्म र असोज ७ गते जिल्ला स्तरीय दोस्रो चरणको जागरण अभियान गरी सम्पन्न गर्ने जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।