पार्टिमा व्यापक सुधार खाँचो छ : नेकपा नेता शर्मा

धनकुटा खबर, २७ भदौ । नेपाल कम्यिुष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले ले कम्यिुष्ट सिद्धान्त अनुसार नेता कार्यकर्ताको चरित्र नभएका कारण पार्टिमा व्यापक सुधार खाँचो रहेको बताए ।

एकता भएको लामो समय पछि धनकुटामा आज बाट सुरु भएको नेकपाको कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम लाई सम्वोधन गर्दे नेता शर्माले यस्तो बताउका हुन् नेता शर्माले पूर्व एमाले र पूर्व माओवादि भनेर नेकपाको संगठन विस्तार नहुने बताए । उनले भने नेपालका कम्यूष्ट पार्टिको सिद्धान्त अनुसार नेता कार्यकर्ताको चरित्र निर्माण गर्न नसकेकोे खण्डमा कम्यूष्ट पाटि नै पतन तर्फ उन्मुख हुने बताए प्रशिक्षणमा जिल्ला कमिटि, सल्लाहकार, नगर र गाउँपालिका पदाधिकारी, जनबर्गीय संगठनका कमिटि पदाधीकार र सदस्य गरि करिब ४ सय जना नेता कार्यकर्ता सहभागि रहेका छन् ।

पार्टी एकता र भावी कार्यदिशा, सरकारको काम, राष्ट्रिय समसामयिक परिस्थिती लगायत बिषयमा प्रशिक्षण हुने नेकपाका जिल्ला सचिव ऋषिराम ढुंगानाले जानकारी दिए ।

दुई दिने प्रशिक्षण कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य भीम आचार्य, केन्द्रिय सदस्य हेमराज भण्डारी, शिव कुमार मण्डल, जिल्ला अध्यक्ष राजेन्द्र राई लगायत नेताहरुले कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा धनकुटा पार्टी प्रचार बिभाग प्रमुख अर्जुन राईले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।