‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ’ (विज्ञप्ती सहित)

काठमाडौं, २९ भदौ । नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउने क्रममा बुद्ध एयरको जहाजभित्रै पर्यटनमन्त्री योगेश कुमार भट्टराईमाथि भएको दुर् व्यवहारप्रति उनको सचिवालयले गम्भिर ध्यानाकर्षण भएको बताएको छ।

आइतबार साँझ स्वकीय सचिव प्रेम गुरागाईले एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो ध्यानाकार्षण भएको जनाएका छन् । त्यतिमात्रै नभएर विमानभित्रै मन्त्रीमाथि भएको दुर् व्यवहाले विचलित नहुने पनि विज्ञप्तीमा जनाईएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ,‘जिन्दगीभर स्वतन्त्रता र लोकतन्त्र प्राप्तिका निम्ति लडेकाहरुलाई कसैले लोकतन्त्रप्रतिको निष्ठालाई सम्झाई राख्नु सर्बथा गलत हुन्छ। कसैको पनि आलोचना र सुझाव हाम्रो लागि सधैं स्वागतयोग्य छ। तर, पछिल्लो समयमा आफ्नो सिंहासन गुमेपछि विक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संबिधान बिरोधी हर्कतहरु जारी राखेका छन्। यसप्रति सचेत रहन सबै लोकतान्त्रिक शक्तिहरुसँग अपिल समेत गर्दछौं ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘यस्ता ‘मण्डले प्रवृत्ति’को विरोध र धम्कीले रत्तिभर बिचलित नभई ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को महान् उद्देश्य प्राप्तिका निम्ति अविचलित रुपमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्दछौं।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।