नयाँ तथा सुकिला नोट असोज १० गतेदेखि साट्न पाइने

काठमाण्डौ । दशैँ, तिहार, छठ लगायत चाडपर्वका लागि हरेक वर्ष दशैँअघि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट साट्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थालाई असोज पहिलो हप्ताबाट र सर्वसाधारणका लागि असोज १० गतेदेखि नयाँ नोट साट्ने गरी तयारी पूरा भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभएको हो ।

नयाँ नोट लिएका अरु वितीय संस्थाले पनि असोज १० गतेदेखि मात्र नोट सटही सुरु गर्ने निरौलाले बताउनुभएको छ। राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गर्ने जानकारी गराएको छ। बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट सटही गर्ने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।