के हो स्क्रव टाइफस ? ७४ जनामा स्क्रव टाइफस भेटियाे, सचे’त रहन चिकित्सकको आग्रह

कञ्चनपुर । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन् ।

‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणु बाट लाग्ने स्क्रब टाइफस रोगका कारण डडेल्धुरामा ३५, बैतडीमा ११, कैलालीमा १९, डोटीमा तीन, दार्चुला, बझाङ र कञ्चनपुरमा दुई÷ दुई बिरामी देखापरेका निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताए । “अधिकांश बिरामी उपचारपछि घर फर्केका छन्”, उनले भने, “थोरै मात्र बिरामीको नजिकका अस्पतालमा उपचार भइरहेको छ, उपचार भइरहेका सबैको अवस्था सामान्य रहेको छ ।”

माइटले टोकेको ठाउँमा घाउ भए, शरीरका विभिन्न भागमा बिमिरा देखिए, अत्यधिक ज्वरो आए, शरीरका विभिन्न भाग दुखेमा स्क्रब टाइफसको सङ्क्रमण भएको हुनसक्ने भएकाले स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्ने उनले बताए। “तत्कालै रोग परीक्षण गरी उपचार गरेमा यो रोग निको हुन्छ”, उनले भने, “समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सोमा थुप्रै प्रकारका सङ्क्रमण गर्ने भएकाले जतिसक्यो चाँडो उपचार गर्नुपर्छ ।”

स्क्रब टाइफस भएका मानिसमा धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्गहरुले काम गर्न छोड्ने उनले जानकारी दिए । स्क्रब टाइफसको जीवाणु सार्ने माइट झाडी, खेतबारी, वनजङ्गल घरवरपरको झाडी लगायतका क्षेत्रमा बस्ने भएकाले यस्ता क्षेत्रमा काम गर्दा पूरै शरीर ढाक्ने कपडा लगाउने, सम्भव भए बुट लगाउने, घास बारी वा चौरमा बस्दा गुद्री ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने तथा बस्ने गर्नुपर्ने स्वास्थ्य कर्मीको सल्लाह छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।