एनआरएनए साइप्रसको अध्यक्षमा दिल कुमारी तिलिजा
दिनेश गौतम,साईप्रस । गैर आवासीय नेपाली संघ साइप्रसको सम्पन्न् आठौं अधिवेशनले २५ सदस्सिय नयाँ कार्यसमिती निर्विरोध चयन भएको छ ।साईप्रसको राजधानी निकोसियामा भएको अधिवेशनले २०१९ देखि सम्मको २०२१ कार्यकालका लागि नव निर्वाचित अध्यक्ष दिल कुमारी तिलिजा पुन को कार्यसमितीमा अन्तेस राउत, जसु माया पुन र किस्मत पौडेल गरि तिन जना उपाध्यक्ष मा चयन गरेको हो ।

सघंको समितिमा महासचिव कृपा थापा, सचिव पुरन बहादुर थापा मगर,सह सचिव दया सागर अर्याल, कोषाध्यक्ष दिनेश दकाल, सह कोषाध्यक्ष अनिल भन्डारी , युवा प्रतिनिधि कुन्दन कार्की ,महिला प्रतिनिधिमा सरिता कुमारी चौधरी र प्रवक्तमा दिनेश प्रसाद गौतम चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा कालिका थापा, धिराजन कुमार खड्का, रन्जित सापकोटा ,दयाराम थापा, उजैर अन्सारी , संजय कुमार मन्डल, राजन श्रेष्ठ , नितेश कुमार सरदार, सुरज रानाभाट, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखेरल रहेका छन् ।
सघंको उदघाटन सत्रको कार्यक्रमका प्रमुख अतिथि अवैतनिक राजदुत डा। राम जीवन पंजियार ले नेपाली दाजुभाई दिदी बहिनीहरुले भोग्दै आइरहेको समस्यालाई समाधान गर्न आफु एनआरएनए संग हातेमालो गरि काम गर्ने बताउदै विदेशमा कमाएको धन खर्च गर्ने भन्दा पनि बचत गर्न आग्रह गर्नु भयो । साथै नेपाली कन्सुलेटले गर्दै आइरहेको सहयोग निरन्तर हुने पनि उद्धोष गर्नु भयो । नेपाली जनसम्पर्कसमिति साईप्रसकी अध्यक्ष सिता अर्याल , प्रवासी एकता मचं साईप्रसका अध्यक्ष दत्तानन्द पाण्डे ,आइसिसि सदस्य रंजित महतोले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रमका सभापति सुबास मल्लले २०१७ देखि १९ का कार्यसमिति विघटन गर्दै संघ प्रतिका लगाब, पदाधिकारी साथीहरूले दिएको महत्त्वपूर्ण योगदान र विश्वास प्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो । नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका प्रमुख सुरेश कुमार शाहले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा महिला प्रवक्ता नानु गोम्जा तामांगले स्वागत मन्तब्य, महासचिव अन्तेस राउतले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरिता कुमारी चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो ।


