धनकुटाको सिधुवामा नेपाली कांग्रेसको जागरण अभियान
धनकुटा खबर । नेपाली काग्रेसलाई स-शक्त र सक्रिय बनाउदै पार्टी संगठनलाई बलियो बनाउने उदेश्यले धनकुटाको छथरजोरपार्टी गाउपालिका ६ सिधुवामा जागरण अभियान सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस जागरण अभिायनका धनकुटा प्रदेश सभा निर्वाचन (ख) का केन्द्रिय प्रतिनीधि सुमन कुवरले जागरण अभियानले नेपाली कांग्रेसलाई नया उचाइमा पु¥याउने वताउनु भयो । उहाले जागरण अभियानमा सवै क्रियाशिल हुनु पर्नेामा जोड दिनु भयो ।
त्यस्तै पूर्व संविधान सभाका सदस्य कांग्रेस नेतृ अञ्जना ताम्लीले जागरण अभियानले नेपाली कांग्रेसलाई जनतासंग बलियो सम्वन्ध बनाउनु विश्वास व्यक्त गर्नु भयो । नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले नेपाल र नेपालीलाई समृद्ध बनाउनका लागि अव आर्थिक कान्तिको नेतृत्व समेत पार्टीले गर्र्ने वताउनु भयो ।
पार्टीका जिल्ला सदस्य तथा जागरण अभियान छथरजोरपार्टी गाउपालिका अनुगमन समितिका संयोजक सुमना तिम्सिनाले जागरण अभियानले नेपाली कांग्रेसका गाउ गाउका नेता तथा कार्यकर्तामा नया उत्साह थपेको वताउनु भयो ।
पार्टीका छथरजोरपाटी गाउपालिका वडा नं ६ का सभापति चन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस छथर जोरपार्टी गाउपालिकाका संयोजक छत्र लिम्बु,सहसंयोजक मेघराज खतिवडा,नेपाली कांग्रेस सिधुवाका नेताहरु बल बहादुर थापा,सन्तोष कुमार श्रेष्ठ,चित्र थापा ,महेन्द्र थापा,तेज वहादुर थापा,चित्र बानिया,छत्र वहादुर पौडेल,टंक वहादुर भट्टराई,राम वहादुर बराल लगायतले जागरण अभियानलाई जनस्तर सम्म पु¥याउनु पर्नेमा जोड दिएकाछन् ।
कार्यक्रममा स्वागत मन्तव्य सिधुवाका पुराना कंग्रेस नेता इन्द्र कुमार श्रेष्ठले राख्नुभएको थियो । संचालन पार्टीका छथरजोरपाटी गाउपालिकाकाका सचिव केशव प्रसाद चागाईले गर्नु भएको थियो । कार्यक्रममा पार्टीको जिल्ला सदस्य लेखनाथ पौडेल,क्षेत्रिय सभापति इन्द्रिरा थापा,उपसभापति रोहितराम धमला,दिपेन्द्र ढकाल लगायतको उपस्थिती थियो ।


