नेपालका प्रथम राष्ट्रपतिले भने,- ‘अब राजसंस्था फर्किँदैन्…’

काठमाडौं, ३ असोज । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले नेपालमा राजसंस्था अब ईतिहास भैसकेकाले कहिल्यैपनि नफर्किने दाबी गरेका छन् । आज राति ८ बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् ।

त्यस्तै, उनले संविधानको मूल मर्म र भावनाविपरित कोही पनि जान नहुने धारणा राखेका छन् । उनले धर्मनिरपेक्षताबाट पछि फर्कने चेष्टा कसैलेपनि गर्न नहुने सुझाएका छन् । उनले भनेका छन्,’यदि धर्मनिरपेक्षताबाट कोही ब्याक हुन खोजे नेपाल दुर् घट्नामा फस्छ, धर्मनिरपेक्षताबाट ब्याक हुनुहुँदैन् ।’

उनले कांग्रेसका केही नेताहरुले हिन्दूराष्ट्रको एजेण्डा उठाएकोतर्फ संकेत गर्दै त्यस्तो गलत काम नगर्न पनि ती नेताहरुलाई चेतावनी दिएका छन् । उनले लोकतन्त्रको मूल्य र मान्यताअनुसार सबै दल अघि बढ्नुपर्ने धारणा राखेका छन् । तर, वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य र मान्यताअनुरुप अघि नबढेको उनको गुनासो छ ।

त्यस्तै, उनले नेपालबाट राजसंस्था ईतिहास भैसकेकोले अब कुनैपनि हालतमा स्थापित हुन नसक्ने ठोकुवा गरे । अब राजसस्था फर्कन सक्दैन् । कसैले चाहेर पनि फर्कन सक्ने अवस्था छैन् । नेपालको संविधान जारी गर्दा आफूलाई निकै ठूलो दबाब रहेको स्मरण गर्दै यादवले सुनाए-‘भारतले पनि संविधान जारी नगर्नको लागि दबाब दिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त दुत पठाएका थिए । यो त जगजाहेर नै छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖