नेपालमा हिन्दूराष्ट्र र राजसंस्था स्थापनाका लागि जबरा र लोहनी विदेशमा, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै

काठमाडौं, ४ असोज । राप्रपा (संयुक्त) का अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी दशैंलगत्तै नेपालमा हिन्दूराष्ट्र र राजसंस्था पूर्नस्थापनाको लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि विदेश दौडाहमा निस्किएका छन् ।

अध्यक्ष जबरा यतिवेला भारतको नयाँ दिल्लीमा व्यस्त छन् भने अर्का अध्यक्ष डा. लोहनी अमेरिकामा छन् । स्रोतकाअनुसार दशैं, तिहारलगत्तै नेपालमा हिन्दूराष्ट्रको एजेण्डा कडा रुपमा उठाउनको लागि अध्यक्षद्धय जबरा र लोहनी त्यसतर्फ एकैसाथ उडेका हुन् ।

स्रोतले भन्यो,‘अध्यक्षहरु सेटिङ गर्न विदेश जानुभएको हो । राजनीतिक रुपमा मुभमेन्ट गर्न उहाँहरु गएको भन्ने हामीलाई लागेको छ ।’ भारतीय नेताहरुसँग अध्यक्ष जबराको अत्यन्तै राम्रो सम्बन्ध छ । त्यही भएर उनी नेपालमा हिन्दूराष्ट्रको लविङ गर्न भारतमा राजनीतिक भेटवर्तामा व्यस्त छन् । खासगरी, सत्तारुढ दल भाजपाका नेताहरु भेट्दैछन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासिला नेता राममाधवसँग भेटवार्ताको तयारी थालेका छन् । त्यसपछि उनले रक्षामन्त्रीसमेत रहेका नेता राजनाथ सिंह र गृहमन्त्रीसमेत रहेका अर्का नेता तथा पूर्व अध्यक्ष अमित शाहसँग भेट्ने कार्यक्रम छ ।

उता, अमेरिकामा रहेका लोहनी पनि त्यहाँ रहेका नेपाली समूदायसँग भेटवार्तामा व्यस्त छन् । उनले हिन्दूराष्ट्र र राष्ट्रवादीहरुसँगको भेटवार्तालाई तिव्रता दिईरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।