विभिन्न पार्टी प’रित्याग गरी धनकुटाको पाख्रीवासमा ७० जना कांग्रेसमा प्रवेश

असोज ४ धनकुटा खबर । नेपाली कांग्रेसको दोश्रो राष्ट्रिय जागरण अभियान अन्र्तगत आज धनकुटाको पाख्रीवासमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७० जना नेपाली कांग्रेसमा प्रवेश गरेकाछन् ।

पार्टीका केन्द्रि प्रतिनीधि तथा दोश्रो राष्ट्रिय जागरण अभियान धनकुटा प्रदेश “ख” का केन्द्रिय प्रतिनीधि सुमन कुवँरको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच गत स्थानिय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चा पार्टीको तर्फवाट उम्मेद्धारी दिनुभएका गजेन्द्र तामाङ सहित अन्य ७० जना नेपाली कंग्रेसमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई केन्द्रिय प्रतिनीधि कुवँर, क्षेत्रिय सभापति ईन्दिरा थापा, जिल्ला कोषाध्यक्ष दिनेश राई लगायतले पार्टीको सदस्यता वितरण गरेका थिए । कार्यक्रममा वोल्दै क्षेत्रिय सभापति थापाले गिरिजा प्रसाद कोईराला फाउण्डेशनका केन्द्रिय अध्यक्ष सुजाता कोईरालाले फाउण्डेशनको तर्फवाट धनकुटामा विकासका लागि योजना छनौट गरी निवेदन पेश गर्न भन्नुभएको जानकारी गराउदै आवश्यक्ता र सम्भाव्यता अध्ययन गरी निवेदन पेश गर्न सम्वन्धित पक्षलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा पाख्रीवास नगरपालिकाका १० वटै वडाका नेपाली कंग्रेसका वडाध्यक्षहरुले पार्टी र संगठनलाई थप मजवुत वनाउन आवश्क पर्ने सुझाव सहितको प्रतिवेदन वुझाएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल भूपू सैनिक संघ क्षेत्र नं २ का सभापति श्याम प्रकाश राईले जानकारी दिनुभयो ।

पार्टीका जिल्ला सदस्य तथा दोश्रो राष्ट्रिय जागरण अभियानका पाख्रीवास नगर संयोजक ज्ञान वहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जीपी कोईराला फाउण्डेशन पाख्रीवास नगर संयोजक जयन्द्र घिसिङ, नेपाल तरुण दलका क्षेत्रीय सभापति तिलक महत लगायत पार्टीका अन्य भातृ तथा शूभेच्छुक संगठनका पदाधिकारीहरुको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।