यात्रु नहुँदा ताप्लेजुङको सुकेटार विमानस्थल असारदेखिनै उडान ठ’प्प

ताप्लेजुङ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थल वर्षामा मौसम खराबीले उडान हुन नसकेको र हाल भने यात्रु नहुँदा उडान हुन सकिरहेको छैन। गत असारदेखिनै उडान ठप्प रहेको छ ।

सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ काठमाडौं उडान गर्ने नियमित कार्यतालिका छ तर पछिल्लो पटक मौसम खुलेसँगै उडान गर्न सकिने भएपनि यात्रु नभएकाले उडान नभएको नेपाल वायुसेवा निगमका स्टेशन इञ्चार्ज राजु कार्कीले बतोउनुभयो ।

१,२ जनाले फाट्टफुट्ट टिकट गर्ने गरेकाले थोरै यात्रु हुँदा घाटा हुने भएको कारण नियमित उडानमा समस्या भएको बताइएको छ । विभिन्न कारण देखाउँदै नियमित उडान गर्न नसकेको नेपाल वायु सेवा निगमको जहाज भर पर्दो हुन नसकेको स्थानीयको गुनासो छ।

पटक पटक टिकट गरेर विमानस्थलबाटै फर्कनु पर्ने बाध्यता रहँदै आएको भन्दै स्थानीयले गाडी चढ्ने गरेका छन् । यात्रु पाए कार्यतालिका अनुसारनै नियमित उडान गर्ने वायुसेवा निगमले जनाएको छ । यो वर्ष असार ४ यता उडान हुन सकेको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।