रेशमलाल चौधरी छिट्टै मु’क्त हुने : टीकापुर घ’टनाका सबै झुटा मु’द्दा खारेज हुन्छन : प्रचण्ड

अमर काफ्ले, इनरुवा, ५ असोज । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा बन्दी जीवन बिताइरहेका रेशमलाल चौधरी छिटै मुक्त हुने बताउनु भएको छ । अध्यक्ष दाहालले सुनसरीको झुम्कामा आयोजित जितिया महोत्सवलाई सम्बोधनका क्रममा टीकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने जिकिर पनि गर्नुभयो ।

टीकापुर घटनाको विषयमा पार्टी भित्र सैद्धान्तिक निर्णय भैसकेको बताउनु भएका प्रचण्डले निर्णय कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । रेशमलाल चौधरी तर्फ लक्षित गर्दै प्रचण्डले जनमत पाएर निर्वाचित सांसदलाई ससम्मान राजनीतिमा आउने वातावरण बनाइने बताउनुभयो । जसका लागि पार्टी पंक्ति लागि परेको दाहालको भनाई छ ।

थारु कल्याणकारिणी सभा सुनसरीले आयोजना गरेको जितिया महोत्सवलाई नेकपाका प्रदेश संयोजक भीम आचार्यसहित कृषि तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरी लगायतकाले सम्बोधन गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।