ऐतिहासिक तथा पुरातात्विक स्थल अशोक स्तम्भ डुबानमा, सरोकारवाला मौन

कपिलवस्तु । महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक स्थल अशोक स्तम्भ पानीमा डुबेको कान्तिपूरमा खबर छ । कपिलवस्तु नगरपालिका–५, गोटिहवामा रहेको सो स्तम्भ हल्काफुल्का बलौटे ढुंगाबाट बनेको छ ।

वरिष्ठ पुरातत्वविद् वसन्त बिडारी भन्नु हुन्छ स्तम्भ पानीमा डुब्दा सिपेज भई साल्ट एक्सनका कारण क्षयीकरण र क्यापिलरी एक्सन हुन्छ, ‘त्यसले ढुंगालाई असर पुर्‍याउँछ।’ उनको अनुसार पानीमा डुब्दा ढुंगाले पानी सोस्छ र त्यसले गर्दा कमजोर बनाउँदै लैजान्छ। स्तम्भको संरक्षणमा ध्यान नदिँदा यस्तो अवस्था आएको उहाको भनाइ छ । सरोकारवाला निकाय लुम्बिनी विकास कोष चुपचाप बसेको छ ।

स्थानीय वीरेन्द्र चौधरीका अनुसार ‘यो वर्ष बैशाख सुरुदेखि डुब्दै आएको छ र वर्षाका समयमा थोरै भएपनि डुबेकै हुन्छ तर यो वर्ष बैशाख र भाद्रमा महिना बढी डुब्यो। ३-४ दिन अघिको पानीले सबैभन्दा बढी डुबानमा परेको छ। जमिनको सहतभन्दा स्तम्भ तल भएका कारण पानी पर्नासाथ डुबानमा पर्ने गरेको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताउनु भएको छ।

स्थानीय अगुवा तेजकुमार बौद्धाचार्यले पनि सिंगो बौद्ध इतिहास नाश हुने खतरा रहेको बताउनु भयो।पुरातत्व विभागसँग समन्वय गरेर संरक्षणको योजना बनाईरहेको लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भटराईले दाबी गर्नु भएको छ । भारतीय सम्राट अशोक बुद्धस्थलको तीर्थाटन गर्न आउँदा यहाँ आएको चिनोका रुपमा स्तम्भ बनाएका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖