कसरी एउटा सामान्य ‘साग’ नेपालीको पहिचान बन्यो ?गुन्द्रुकको इतिहास यस्तो छ !

काठमाडौ । गुन्द्रुक अन्तर्राष्ट्रियस्तरमै नेपालको मौलिक परिकारको पहिचान बनाएको एउटा ‘तरकारी’ । भनिन्छ, जहाँ नेपाली पुग्छन्, त्यहाँ गुन्द्रुक पनि पुग्छ !हरेक नेपालीको ‘प्रिय’ तरकारी गुन्द्रुक यहाँसम्म कसरी आइपुग्यो त ? अर्थात् एउटा हरियो सागलाई कसरी कसैले गुन्द्रुकजस्तो ‘तरकारी’ बनाउने विधि पत्ता लगायो ?इतिहासकारहरु गुन्द्रुकको ‘उत्पत्ति’लाई नेपाल एकीकरणका क्रममा भएका युद्धसँग जोड्छन् ।गोरखाका राजा पृथ्वी नारायण शाहले पहिलोपटक कीर्तिपुर आक्रमण गर्दा कीर्तिपुरेहरुको बारीमा लहलह साग थियो रे !कीर्तिपुरेहरुले साग टिप्न पाएका थिएनन्, गोरखालीहरुले आक्रमण गरिहाले ।

आफूमाथि आक्रमण भएपछि कीर्तिपुरेहरु पनि प्रतिकारमा उत्रिनु पर्‍यो । प्रशस्त सैन्य शक्ति नभएको अवस्थामा कीर्तिपुरका महिलादेखि बालबच्चा सबैले युद्धमा भाग लिनु पर्‍यो । आफूहरुले युद्धमा गएको बेला बाहिरका व्यक्ति आएर खानेकुरा, साग चोरीदेलान् भन्ने डरले कीर्तिपुरेहरुले जुक्ती लगाए– खाद्यान्नसहित सागपात खाल्डोमा पुरेर युद्ध गर्न जाने त्यसपछि बारीमा लहलह फलेको साग टिपेर सबैजनाले खाल्डोमा पुरे ।जब युद्धबाट फर्किएर आए, सबैजनाले खाल्डो उधिनेर लुकाएको खाद्यान्न बाहिर निकाले ।बाहिर निका लिएको खानेकुरामध्ये धानचामल लगायतको अन्न त पकाउन सकिने अवस्थामै थियो । तर, लुकाएको साग भने खाल्डोमै गलेर काम नलाग्ने अवस्थामा पुग्यो ।

कीर्तिपुरेहरुले केही दिन भोक टार्नका लागि तरकारीविनै भात–रोटी खाए । तर, केही दिन पछि त तरकारी आवश्यक पर्‍यो ।खाल्डोबाट निकालिएको साग बारीमा फिँजाएर त्यत्तिकै राखिएको (फालिएको) थियो । खाल्डोमा राख्दा गलेर काम नलाग्ने अवस्थामा पुगे को साग बारीमा फालिएको अवस्थामा घामले सुकेर कक्रक्क परेको थियो । पछि केहीले बारीबाट त्यही सुकेको साग टिपेर ल्याइ पकाउन थाले ।अलिकति अमिलो–अमिलो, तर असाध्यै मिठो स्वादको सुकेको साग (तरकारी)ले पुरै कीर्तिपुरमा चर्चा पायो ।कलान्तर मा यसको नाम गुन्द्रुक रहन गयो । जुन अहिले आम नेपालीको एक मौलिक परिकार बन्न पुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।