मुकेशले पारे च’कित!, १२५ घन्टा लगातार पढेर गिनिज बुकमा नाम लेख्दै (भिडियो सहित)
काठमाडौं, ६ असोज । १२५ घन्टासम्म लगातार पढ्न कसैले सक्ला ? मुकेशराज जोशी १२५ घन्टा लगातार पढ्दैछन् । उनी आइतबारबाट पढ्न टेबुलमा बसेका छन् । अब उनले लगातार पाँच दिन पाँच रात बिताउनेछन् । उनी सफल हुन शुक्रबार सम्म पढ्नुपर्नेछ ।
मुकेश टेबुलमा रहनेछन् । एक घन्टामा पाँच मिनेट आराम गर्नेछन् । प्रत्येक घन्टा आराम नलिए तीन घन्टामा १५ मिनेट आराम गर्न पाइनेछ । आवाजलाई नियन्त्रणमा राख्न धेरै चिच्याएर नबोल्ने, खान मिल्ने समयमा मन तातो पानी खाने, चीसो पानी नखाने, घाँटी बस्न सक्ने भएमा ख्याल गर्ने भन्दै सुझाव दिइएको छ । हेर्नुहोस् भिडियो


