११ कक्षाको परीक्षाफल भोली मंगलबार प्रकाशित हुने

काठमाडौं । यो वर्षको कक्षा ११ को परीक्षाफल भोली मंगलबार प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गर्न लागको हो ।

बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणी पौडेलका अनुसार भोली मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी बोर्डले गरेको छ । परिक्षाफल प्रकाशित गर्ने सम्बन्धमा आन्तरिक तयारी पूरा भएको पनि उहाले बताउनु भयो ।

बोर्ड अन्तर्गतको परिक्षा नियन्त्रण कार्यालयले भोली दिउसो परीक्षाफल प्रकाशित गर्ने गरी अहिले अन्तिम तयारी गरिरहेको छ । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो । यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।