निजामती सेवाका कर्मचारीको संख्या क’टौति गर्ने तयारी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवाका कर्मचारीको संख्या कटौति गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको ।
सोमबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उहाले यस्तो जानकारी दिनुभएको हो । उहाले उक्त कार्यक्रममा लगानी छ तर फल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको प्रस्टयाउनु भएको छ ।
मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो गर्दै निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि गर्नुभएको छ । मन्त्री पण्डितले निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसको सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने पनि बताउनु भयो ।


