के हामी साँ’च्चै क’म्युनिष्ट हौ त? : प्र’चण्ड (भिडियो सहित)
काठमाडौ, ६असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले साच्चै कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो नभएको र विस्तारै काग्रेस जस्तो जस्तो बन्दै गएको बताएका छन । पार्टी कार्यालय धुम्वाराईमा सोमबार साहाना प्रधानको स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन ।
प्रचण्डले आफुहरु अहिले इतिहाँसको नयाँ चरणमा आइसकेका छौ र नयाँ युगमा प्रवेश गरेका बताउदै कम्युनिष्ट आन्दोलन पार्टी एकता गरेपछि शासन सत्तमा पुगेपछि आर्दशबाट निष्ठाबाट विचारबाट विस्तारै स्खलित हुदै जाने प्रकृया रहेको बताएका हुन । उनले पदका निम्ति पद बचाउन लागेको हौ कि भकन्ने आशंका समेत गरे । पार्टीका अध्यक्ष समेत रहेका प्रचण्डले निर्वाचनपछि कम्युनिष्ट पार्टी जनताबाट टाढा हुदै गएको पनि स्वीकार गरेका छन् ।

प्रचण्डले सत्ता प्राप्ती भन्दा अघि गरेको आर्दशको लडाई अहिले तुहिएको अवस्थामा पुगेको दावी गर्दै पहिलोको अवस्थामा हामी छैनौ कि भन्ने प्रश्न समेत गरे । अध्यक्ष प्रचण्डले समाजवादको आधार निर्माण गर्ने विचार अस्पष्ट भएको,आचरण र व्यवहार विलासी बन्दै गएको बताए । आपसी गुटै गुट बनाएर लडौ भनेर पार्टी एकता गरेको होइन भन्दै त्यसतर्फ सबैलाई सचेत हुन आग्रह समेत गरे । कम्युनिष्ट पार्टीका नेताहरु सत्तामा पुगेपछि विचार आर्दशबाट स्वखलित हुँदै गएको समेत बताएका छन् ।


