आँखा वरिपरि कालो घेरा बस्यो ? यसरी हटाउनुहोस् (तरिकासहित)

काठमाडौं–पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्याधिक तनावका कारण आँखामा कालो घेरा (डार्क सर्कल) देखा पर्छ ।

जसले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ । केही कखानेकुराको सेवनबाट कालो घेरा हुनबाट बच्न सकिन्छ । खासगरी, भिटामिनको कमीले आँखावरिपरिको कालो घेरा देखा पर्ने गर्छ ।

भिटामिन ए युक्त खानेकुरा, जस्तै– फसी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानुपर्छ । जसले छालाको रिपेयरिङ र टाइटानिङमा मद्दत गर्छ । भिटामिन सीले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्दछ ।जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ ।

अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन कमीले डार्क सर्कल कम गर्छ । आँखापरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।

कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगायर त्यसपछि धुन सकिन्छ ।
सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हराएर जान्छ ।

भिटामिन ई क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ ।-नयाँ पत्रिका

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।