यसरी गाला हेरेरै थाहा हुन्छ मान्छेको स्वभाव, कसरी ?

एजेन्सी । हुन त सबैले मुस्कुराएको राम्रै देखिन्छ तर अझ महिलाले मुस्कान छोडेको चाहिँ गजबै देखिन्छ । प्रसन्न हुँदा महिलाको गालामा लालिमा आउँछ र छालामा एकखाले चमक देखिन्छ । गाला हेरेर कुन महिला कस्ती हुन् बताउन सकिन्छ ।

जुन महिलाको दाहिने गालामा कालो कोठी छ, ती धनी, वैभवशाली र चरित्रवान हुन्छिन् । यस्ता महिलाले आफ्ना आवश्यकताहरूलाई नियन्त्रणमा राख्छन् । उनीहरूले भौतिक सुख पनि पाउँछन् ।

जुन स्त्रीको देब्रे गालामा कालो कोठी छ, उक्त स्त्री बुद्धिमान, शिक्षामा रुचि राख्ने र सौन्दर्यप्रति लगाव भएकी हुन्छिन् ।
जुन महिलाको गाला अनुहारको तुलनामा सानो हुन्छ, तिनी धनवान हुन्छिन् र परिवारमा प्रशंसाको पात्र हुन्छिन् । यस्ता स्त्रीले आफ्ना कार्य चतुरतापूर्वक गराउँछिन् ।

जुन महिलाको गाला आवश्यकताभन्दा बढी तल लोलिएको हुन्छ, ती स्त्री आफ्नो सासू, ससुरा र देवरका लागि अशुभ मानिन्छिन् । यस्ता महिलालाई खानामा विशेष रुचि हुन्छ । देब्रे गाला सानो भएकी महिलाको मृत्यु पतिभन्दा अघि हुन्छ । यस्ता स्त्री एकदमै शालीन र मिलनसार हुन्छन् ।

हाँस्दाखेरी गाला फुल्ने महिला मेहनती हुन्छन् । पचास वर्ष कटेपछि यिनीहरूले सुखप्राप्ति गर्छन् । हाँस्दाखेरी गालामा खाल्डो वा डिम्पल पर्ने महिला तीक्ष्णबुद्धि भएकी, विवेकशील, छिट्टोछिट्टो कुरा गर्ने तथा आफ्नो गतिविधिका कारण सबैको हृदयमा स्थान लिने खालकी हुन्छिन् । यस्ता स्त्रीले धेरैसँग प्रेम गर्छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।