यसरी भए मेस्सी फेरि चो’टग्र’स्त
एजेन्सी । चो’टबाट मुक्त भएर ला लिगा फुटबलमा फर्किएका बार्सिलोनाका कप्तान लियोनल मेस्सी पुनः चो’टग्रस्त भएका छन् । मेस्सी ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भिल्लारियलसँगको खेलमा सुरुदेखि नै मैदानमा थिए ।
तर उनलाई समस्या भयो । उनको थाइमा स’मस्या देखियो । त्यसले गर्दा नै मेस्सीले दोस्रो हाफको सुरुमा मैदान छोड्नु परेको हो । मेस्सीले ला लिगामा ४०० औँ खेलमा सुरुदेखि नै सहभागिता जनाएका थिए तर उनले सो खेल पूरा भने गर्न सकेनन् ।
खेलपछि बार्सिलोनाका प्रशिक्षक एर्नेस्तो भाल्भर्देले मेस्सीको समस्या सामान्य खालको रहेको बताएका छन् । सोमबार राति मात्रै मेस्सीले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सर्वोत्कृष्ट खेलाडीका लागि प्रदान गर्ने फिफा वर्ष खेलाडी अवार्ड जितेका थिए ।


