बहराइन तामाङ सेवा समाजले आफ्नो ११ औं वार्षिकोत्सव मनाउने
बहराइन । बहराइन तामाङ सेवा समाजले ११ औं वार्षिकोत्सव मनाउने भएको छ । समाज १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आउँदो सेप्टेम्बर २७ तारिख शुक्रबार वार्षिकोत्सब मनाउने तयारी पुरा भएको अध्यक्ष सोनाम दोङले जानकारी दिए ।
यसपटकका कार्यक्रममा नेपाल तामाङ घेदुङ बहराइनसँग समाजले एकता समेत गर्ने भएको हुँदा वार्षिकोत्सव महत्त्वपूर्ण र ऎतिहासिक हुने छ,´ अध्यक्ष दोङले भने ।
प्रवासमा श्रमसँगै भाषा, धर्म, कला, संस्कार, संस्कृति र लिपीलाई संरक्षण एवं सम्बर्द्धनका साथै समाज र समुदायमा भइपरी आउने समस्याहरुमा हातेमालो गर्ने उदेश्यले सन २००९मा समाजको स्थापना गरेका थिए ।
कार्यक्रममा समाजलाई सहयोग गरिरहने दाताहरुलाई सम्मान समेत अध्यक्ष दोङले बताए । अध्यक्ष दोङले बहराइनमा रहेका तामाङ तथा गैर तामाङहरुलाई कार्यक्रममा उपस्थित भइ शोभा बढाई दिन समेत अनुरोध गरेका छन् ।

