नेइमारले गोल गर्न सकेनन्, घरेलु मैदानमै हार्‍यो पिएसजी

एजेन्सी । नेइमारले गोल गर्न नसकेको खेलमा पिएसजी पराजित भएको छ । फ्रेन्च लिग वानका पछिल्ला दुई खेलमा नेइमारले अन्तिम समयमा गरेको गोलबाट जितको स्वाद लिएको पिएसजीले बुधबार राति भएको खेलमा पराजय बेहोरेको हो ।

लिग वान अन्तर्गत घरेलु मैदानमा भएको खेलमा पिएसजी रिम्ससँग २–० ले पराजित भयो । पिएसजीको टिममा नेइमार थिए, यो सिजन उनको यो तेस्रो लिग खेल हो । तर नेइमारले गोल गर्न सकेनन् ।

 

बार्सिलोना फर्किने प्रयासका कारण उनी लिगका सुरुका चार खेलमा अनुपस्थित थिए । पाँचौँ खेलदेखि टिममा फर्किएका नेइमारकै गोलको सहयोगमा लिगको पाँचौँ र छैटौँ खेलमा पिएसजी विजयी भएको थियो । तर सातौँ खेलमा आएर टिम पराजित भयो ।

पछिल्लो १६ महिनामा लिग वानमा पिएसजी आफ्नै मैदानमा पराजित भएको यो पहिलो पटक हो । उसको यो सिजनमा दोस्रो हार हो ।

रिम्सका लागि साहेन कामाराले २९ औँ मिनेट तथा बुलेयी डियाले इन्जुरी समयको चौथो मिनेटमा बाइसाइकल किक मार्फत गोल गरेर जित दिलाएका हुन् । पराजयपछि पनि शीर्ष स्थानका पिएसजीको सात खेलबाट १५ अंक छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।