गै’र कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट का’टेमा का’रबाही

रुपन्देही । ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काटेमा तत्काल २० हजार रुपैयाँ जरिबानासहित कारबाही गरिने चेतावनी दिदै ५ नम्बर प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ ।

प्रदेश नम्बर ५ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सूचना जारी यो सुचना जारी गरेको हो । मन्त्रालयले ट्राभल तथा ट्रेकिङ एजेन्सीको दर्ता र नियमन गर्ने अधिकार प्रदेश सरकारलाई भएको उल्लेख गर्दै प्रदेश नम्बर ५ पर्यटन ऐन २०७६ को दफा ११ को उपदफा १ अनुसार कारबाही गर्ने बताएको हो ।

मन्त्रालयले ई–सेवामार्फत टिकेटिङ गर्ने कार्यमा विमान सेवा कम्पनीले पनि सहयोग गरेकाले अब उप्रान्त ई–सेवामार्फत हवाई टिकट काट्ने कार्यमा सहभागी नहुन विमान सेवा कम्पनीलाई समेत आग्रह गरेको छ ।

पर्यटन ऐनअनुसार ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता गर्दा कम्पनी रजिस्टार कार्यालयमा कम्पनीका रुपमा दर्ता गर्नुपर्ने त्यसका लागि न्यूनतम रु २५ लाख जारी पूँजी राख्नुपर्ने प्रावधान छ । घरेलु, पर्यटन, आन्तरिक राजस्व कार्यालयमा समेत दर्ता गर्ने प्रावधान रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।