आज सांझ गएको भू’कम्पको केन्द्रबिन्दु गोरखा !
काठमाडौं । बिहीबार साँझ चितवन ,लमजुंग , गोरखा र आसपासका जिल्लामा भू’कम्पको धक्का महसुस भएको छ ।
अजीरकोट गाउँपालिका २ खरिबोट आसपास केन्द्र बनाएर बिहिबार साँझ भू’कम्प गएको हो । भू’कम्प मापनकेन्द्रका अनुसार साँझ ६ ः ४९ बजे ४.७ रेक्टरस्केलको भू’कम्प गएको हो ।
भूक’म्पबाट गोरखा र लम्जुङमा धक्का महशुस गरिएको छ ।यसअघि गत असोज ४ गते केराबारी केन्द्रविन्दू बनाएर ४ रेक्टरस्केलको भू’कम्प गएको थियो ।यो २०७२ सालको गोरखा भू’कम्पकै परकम्प भएको केन्द्रले बताएको छ ।


