तामाङ समाज अमेरिकाको साधारणसभा सम्पन्न, बोर्डमा फेरबदल

न्युयोर्क । तामाङ समाज अमेरिकाको प्रथम साधारणसभा सेप्टेम्बर २२ आइतबार सम्पन्न भएको छ । न्युयोर्कमा भएको सभाले समाजका विधानलाई आवश्यक परिमार्जन गरि कार्यकारिणी बोर्डमा केही फेरबदल गरेका छन् ।

फेरबदल पश्चात् बोर्डमा अध्यक्ष सानुमाया तामाङ, वरिष्ठ उपाध्यक्ष सुमित्रा योन्जन, उपाध्यक्ष – बुद्दिमान तामाङ, महासचिव विनिता तामाङ, सचिव रोजबहादुर घिसिङ, कोषाध्यक्ष तुलबहादुर तामाङ, सहकोषाध्यक्ष सजुन थोकर रहेका छन् ।

त्यसैगरी बोर्ड अफ डिरेक्टरस् फुरु लामा, विष्णु तामाङ, अरुणा रुम्बा, रिनु तामाङ, युनिशा थिङ, सुरेन्द्र तामाङ दिलमाया तामाङ, राजु ब्लोन, वदिपेनशा लामा, नरराज (चन्द्र) लामा, सन्तबहादुर तामाङ, कुङ्गा दोर्जी लामा र संरक्षक लुईसाङ वाईबा तामाङ, शान्त बाबु थोकर रहेका छन् ।

समितिलाई चुस्त र दुरुस्त बनाउन फेरबदल गरिएको समाजमा भर्खर चयन भएकी महासचिव बिनिता तामाङले बताइन् । समाजकी अध्यक्ष सानुमायाले तामाङ संस्कृति अनुसार छ्युमे बालेर साधारणसभा उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा समाजका संरक्षक एवं स्थानीय एल्म्हर्स्ट अस्पतालका बोर्ड सदस्य लुईसाङ वाईबा तामाङ, संरक्षक शान्त बाबु थोकर, तामाङ बौद्ध तथा साँस्कृतिक केन्द्रका अध्यक्ष ईन्द्र तामाङ र गैर आवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय उपाध्यक्ष बाबुराम लामाले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा समाजकी अध्यक्ष सानुमायाले भावी योजना र कार्यक्रम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । समाजका महासचिव बुद्धिमान तामाङले वार्षिक प्रतिवदन प्रस्तुत गरेका थिए । त्यसैगरी कोषाध्यक्ष फुरु लामाले आर्थिक प्रतिवेदन प्रस्तु गरेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।