आज मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षा हुने, पानी दसैँसम्मै पर्छः मौसमविद्

काठमाडौं, असोज १० । आज (शुक्रबार) बाट पानी पर्ने क्रम अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

मनसुनी गतिविधि हिजो अस्तीभन्दा अझै सक्रिय भएकाले आज देशैभरी पानी पर्ने महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

‘आज मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना छ, सामान्य वर्षा देशैभरी हुन्छ,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘अझै कम्तिमा पनि एकसाता मौसम सफा हुने सम्भावना देखिँदैन।’

पानी पार्ने मनसुनी न्यूनचापीय रेखा भारतको गुजरात र महाराष्ट्र आसपास रहेकाले नेपालमा पानी परिरहेको श्रेष्ठले बताए।

‘भारत र महाराष्ट्रबाट पानी पार्ने जलवास्पयुक्त हावा नेपालतिर आउने क्रम हिजो अस्तीभन्दा अझ बढिरहेको छ,’ श्रेष्ठले भने, ‘यसले नेपालमा ठूलो वर्षाको सम्भावना देखाएको छ। यो क्रम केही दिन अझै चल्ने देखिन्छ।’

मनसुनको अबस्था हेर्दा यस वर्ष दसैँमा झरी पर्ने सम्भावना रहेको श्रेष्ठको भनाई छ।

‘मनसुनी गतिविधि सक्रिय रहेकाले दसैँसम्मै छ्याङ्ग उग्रिएर घाम लाग्ने सम्भावना देखिँदैन,’ श्रेष्ठले भने।

साविकअनुसार यस वर्षको मनसुनको समय अवधि दुई दिन अघि नै सकिएको छ। तर, मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसमविद्ले बताएका छन्।

‘मनसुन अन्त्य हुन यसका विभिन्न ‘क्राइटेरिया’ पूरा हुनुपर्छ, त्यो हुने सम्भावना तत्काल देखिँदैन,’ श्रेष्ठले भने, ‘नेपालबाट मनसुन विदा हुन पश्चिमी वायूको प्रभाव बढ्नुपर्छ, तर अहिलेसम्म त्यो देखिएको छैन। बरु मध्य मनसुनकै जस्तो देशैभरी दक्षिणपूर्वी वायूकै प्रभाव छ, यो अझ बढ्दो क्रममा छ।’

सामान्यतया नेपालमा जुन १० तारिकमा मनसुन प्रवेश गर्ने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ। तर, विगत केही वर्षदेखि मनसुनी गतिविधिमा फेरबदल आइरहेको छ। नेपाल लगायतका देशमा मनसुनी गतिविधि ढिलो सुरु हुने र पछिसम्म कायम रहने क्रम बढ्दै गएको मौसमविद्को भनाई छ।

आज (शुक्रबार) बिहानैदेखि देशैभरको मौसम पूर्णदेखि आंशिक बदली छ। केही ठाउँमा सानो ठूलो वर्षासमेत भइरहेको मौसमविद् श्रेष्ठले जानकारी दिए।

आज दिउँसो पनि घाम लाग्ने सम्भावना छैन। एकैछिन घाम लागेपनि फेरि बादलले ढाक्ने अनुमान मौसमविद्को छ।

अहिले काठमाडौं उपत्यकामा पनि पूर्ण रुपमा मौसम बदली छ। आकाश बादलले ढाकेको छ।-नेपाल खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।