सभामुख महरामाथि राजीनामाको द’बाब

काठमाडौं, १३ असोज । सभामुख कृष्णबहादु महरामाथि गम्भीर आरोप लागेको छ । संसदमा कार्यरत एक महिला कर्मचारीमाथि जर्बजस्ती गरेको आरोप लागेपछि उनीमाथि राजीनामाको दबाब बढेको हो ।

महरालाई तीनकुनेमा डेरा गरी बस्ने महिलाले जर्बजस्ती गरेको आरोप लगाएकी छिन् । महिलाले आफूमाथि जर्बजस्ती भएको प्रमाणसहित प्रहरीमा उजूरी समेत दिएकी छिन् । घटनास्थलमा महराको फुटेको चश्मा समेत फेला परेको दाबी गरिएको छ । महिलाले महराको फुटेको चश्मा सार्वजनिक गरिसकेकी छिन् ।

हाम्रा कुरा अनलाइनले घटनास्थलको तस्बिरहरु सार्वजनिक गरेको छ । उसले महराले जर्बजस्ती गरेको उल्लेख समेत गरेको छ । महराले तीनकुनेस्थित महिलाको डेरामा पुगेको स्वीकार गरेपनि जर्बजस्ती नभएको दाबी गरेका छन् । तर, उनीमाथि महिलालाई चुप लाग्न दबाब दिइएको उल्लेख छ । यस घटनाले गम्भीर रुप लिएको छ ।

जर्बजस्ती काण्डमा सभामुख महरा मुछिएपछि उनीमाथि राजीनामाको दबाब बढेको छ । सभामुख जस्तो गरिमामयी पदमा पुगेको व्यक्तिले महिलालाई उनकै कोठामा गई जर्बजस्ती गरेपछि राजीनामाको दबाब बढेको हो ।

तत्कालिन माओवादी केन्द्रबाट सभामुख निर्वाचित महरा विगतमा पनि विवादमा आएका थिए । उनले चिनियाँ व्यापारीसँग पैसाको लेनदेन गरेको अडियो टेप बाहिर आएको थियो । तर उनीमाथि कुनै कारबाही हुन सकेन ।

रोल्पा स्थायी घर भएका महरा बहुदलपछिको पहिलो निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका थिए । त्यसपछि भूमिगत माओवादीमा लागेका उनी शान्ति प्रक्रियापछि सत्ताको वरिपरि रहे । माओवादी अध्यक्ष प्रचण्डको नजिक रहेर काम गर्दै आए । महरा टेपकाण्डमा बचेपनि यसपटकको महिलामाथि जर्बजस्ती काण्डमा बच्न कठिन भएको उनकै दलका एक प्रभावशाली नेताले रिपोर्टर्स नेपाललाई बताए । उनलाई नेकपाभित्रबाट राजीनामाको दबाब दिइसकिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।