चिनियाँ राष्ट्रपतिको बोइङ विमानको कारण त्रिभूवन विमानस्थल २४ घन्टा प्र’भावित हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिङपि आउने बोइङ ७४७–८०० विमान अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण २४ घन्टा प्रभावित हुने भएको छ ।

राष्ट्रपति सि सवार हुने जहाजले अन्तर्राष्ट्रिय उडान तर्फको जहाज पार्किङ वेको ८० प्रतिशत भन्दा बढी ठाउँ ढाक्ने भएकाले आठ वटा पार्किङ वेमध्ये चिनियाँ राष्ट्रपति आउने जहाजले मात्रै छ वटा जहाज पार्किङ गर्न सकिने ठाउँ ओगट्नेछ । जसका कारण अन्तर्राष्ट्रिय उडानमा २४ घन्टाभन्दा बढी समस्या आउने छ ।

चिनियाँ राष्ट्रपति सवार जहाज सम्भवत असोज २७ गते दिउँसो २ बजेर ४० मिनेटमा विमानस्थलमा ल्यान्ड हुने । ल्यान्ड भएको २४ घन्टाभन्दा बढी जहाज विमानस्थलमै पार्किङ गर्नुपर्दा अन्तर्राष्ट्रिय तर्फको ८० प्रतिशत उडान प्रभावित हुनेभएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।