इन्डियन आयल कर्पोरेशनले नयाँ मूल्य सूची पठायो, अब दशैंपछि इन्धनको मूल्य बढ्दै

काठमाडौं । साउदी अरबको तेल प्रशोधन केन्द्रमा हुथी आ’क्रमणपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि भएपछि नेपालमा पनि मूल्य वृद्धि हुने भएको छ । तर, वृद्धि दशैंपछि मात्र गरिने बुझिएको छ ।

दशैंको मुखमा मूल्यवृद्धि गर्दा अलोकप्रीय हुने देखिएपछि सरकारसँग परामर्श गरेरले मूल्यवृद्धि स्थगित गरेको छ । भारतबाट तेल आयात गर्दै आएको निगमलाई इन्डियन आयल कर्पोरेशनले नयाँ मूल्य सूची पठाइसकेको छ ।

जसअनुसार पेट्रोलमा ४ रुपैयाँ छ पैसा, डिलेजमा ३ रुपैयाँ ६३ पैसा, मट्टितेलमा २ रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ६४ पैसा र एलपी ग्याँसमा १५ रुपैयाँ ९८ पैसा वृद्धि भएको आयल निगमले जानकारी दिएको छ ।

स्वचालित तरिकाले यही अनुपातमा मूल्यवृद्धि गर्नुपर्ने भएपनि निगमले अहिलेलाई नगर्ने भएको हो । चाडपर्वलाई दृष्टिगत गरी इन्धनको मूल्य वृद्धि तत्काल रोकेर निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले पुनः लोकप्रीयता बटुलेका छन् । उपभोक्ताको हितलाई ध्यानमा राखेर निगमले इन्धनको मूल्य वृद्धि नगरेको जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।