साउदीमा सांस्कृतिक कार्यक्रमसहित बडा दशैको शुभकामना आदानप्रदान

साउदी । नेपालीहरू संसारका जुनसुकै भूगोलमा रहेपनि आफ्ना धर्म, कला, संस्कृति लगायतलाई संरक्षण र प्रवर्द्धनमा लागिपरेको पाइन्छ । त्यसै क्रमलाई निरन्तरता दिदै शुक्रबार एनआरएन साउदीका स्थानीय समिति दमाम र खोबारले संयुक्तरूपमा सांस्कृतिक कार्यक्रमसहित बडा दशैको शुभकामना आदानप्रदान गरेका छन् ।

खोबारस्थित दरबार रेस्टुरेण्टमा बडा दशैको पूर्वासन्ध्यमा भएको कार्यक्रममा विभिन्न पेशामा आबद्ध नेपालीहरुले शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित एनआरएन आइसीसी सदस्य नारायण पासवानले शुभकामना मन्तव्यका क्रममा स्थानीय समितिद्वयले गरेका यसखाले कार्यको जति प्रसंशा गरेनी कम हुने बताए । सदस्य पासवानले थपे- अन्य स्थानीय, क्षेत्रीय समितिहरुले पनि सिक्नुपर्ने सन्देश दिएको छ ।

समारोहमा शुभकामना मन्तव्यका क्रममा एनआरएन २०१९-२०२१ कार्यकालका मध्यपूर्व उपसंयोजक उम्मेदवार राजेन्द्र अर्यालले नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ सन् २००३मा स्थापित एनआरएन साउदीका स्थानीय समितिद्वयले दशैको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए । उम्मेदवार अर्यालले थपे- सधैं श्रमिकहरुको समस्याहरुलाई हल गर्दै आएकाले शुभकामना आदानप्रदान पृथक जस्तो लागिने कार्यक्रमले कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका साथै दैनिक १२ घण्टा कामको थकान एकदिन भए नि कम गरेका छन् ।

कार्यक्रमा तमु धि साउदीका अध्यक्ष खेम गुरुङ, तामाङ घेदुङका क्षेत्रीय अध्यक्ष विजय लामा, किराँत राई यायोक्खाका अध्यक्ष सिके चाम्लिङ, दिदीबहिनी समूहकी अध्यक्ष तुलसीमाया गुरुङ, एनआरएन साउदी संरक्षक विरेन्द्र चौधरी, पुरुषोत्तम श्रेष्ठ,सल्लाहकार डम्बरबहादुर यादव, उपाध्यक्ष रोशन श्रेष्ठ, महासचिव उमेश भट्टराई,महिला संयोजक रविना अर्याल, सदस्य चन्द्रमणि भण्डारी, व्यवसायी कुमार हुमागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दशै गीतमा स्थानीय कलाकारहरू इस्लाम मिया, लक्ष्मी तामाङ, पुतली तामाङ, राजन पन्त, मञ्जु परियार, भिमकला विक, दिक्षा थापा, तपस्या अधिकारी, दिव्य थापा र आईशा अर्याल लगायतले बेजोड प्रस्तुति दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।