साईप्रसमा दशै उत्सव कार्यक्रम सम्पन्न
दिनेश गौतम,साईप्रस । साईप्रसमा गैर आवासिय नेपाली सघ र यहा रहेका विभिन्न सघसस्थाहरुको सहयोगमा दशै उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
एन.आर.एन.ए. साईप्रसकी अध्यक्ष दिल कुमारी पुनको अध्यक्षता तथा अबैतानिक महाबणिज्य दुतावासका प्रमुख डा. राम जिवन पन्जियरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा साईप्रसमा रहेका नेपालीहरुले यहाको कानुन विपरित कुनै पनि काम कसैले नगर्न र नेपाली समुदायलाई दुःखका बेला सकभर सहयोग गर्नेमा गर्नुपर्ने सहभागिहरुले बताएका थिए ।
एन.आर.एन.ए. साईप्रसकी महिला प्रतिनिधि सरिता चौधरीको स्वागत तथा सचिव पुर्ण मगरको सचांलनमा भएको कार्यक्रमको उदघाटन गर्दै होनरी कन्सुलेट डा. पन्जियारले साईप्रसमा दिनहु नेपालीहरुको संख्इा बढदै गैरहेको र अब आउने दिनहरुमा नोपलीबाट नेपाली नै ठगीमा पर्ने बढि रहेका सम्भावना रहेकोले यस विषयमा यहा रहेका सबै नेपालीहरु सचेत भएर यस्ता विकृतिलाई आन्त्य गर्नुपर्ने बताएका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै एन.आर.एन.(आई.सि.सि.) सदस्य रन्जित महतोले साईप्रसमा निर्माण भैरहेको सुरिक्षत अवास गृह सबै नेपालीहरुको भएकोले अब यसलाई निरन्तरता दिनका लागि सबै नेपालीहरु लाग्नुभर्ने बताएका थिए । साथै नेपाल भ्रमण बर्ष २०२०लाई भब्यताका साथ सम्पन्न गर्नका लागि सबै नेपालीहरु आ आफनो ठाउबाट लागेर सफल बनाउन आग्रह गरेका थिए भने कार्यक्रमलाई सफल बनाउनका लागि नेपाल आईडल प्रताप दासले विभिन्न् गित सगिंतहरु गाएर दर्शहरुलाई मनोरन्जन दिलाएका थिए ।
यता साईप्रसमा सुरक्षित अवासको एकदम खाचो रहेकोले यसलाई निरन्तरता दिनकालागि सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिहेको ए.आ.एन. ए. का बरिष्ठ उपाध्यक्ष अन्तेश राउतले जानकारी दिए । उता सुरक्षित गृहका प्रमुख संरक्षक तथा एन.आर.एन.ए साईप्रसका पर्á अध्यक्ष सुवास मल्लले यहा रहेका नेपाली चेलीहरुको पहिचान गरि वास्तविक नेपाली पिडितहरुलाई बास पदिने जानकारी गराएका थिए । कार्यक्रममा किरात याक्थुगं साईप्रसका अध्यक्ष सविन सिबु, नेपाल मगर सघं साईप्रसका अध्यक्ष खगेन मगर लगाएत अन्य सस्थाका प्रनिनिधिहरुको उपस्थीति थियो ।


