प्रहरीले दुई बालकलाई हा’तपात गर्दै ह’त्कडी लगाएर भारत तर्फ लग्न खोजेपछी…

जनकपुरधाम । धनुषाको सिमावर्ती क्षेत्रमा एक घुमुवा प्रहरीले दुई जना बालकलाई हातपात गर्दै हत्कडी लगाएर भारत तर्फ लग्न खोजेपछी स्थानीयवासीहरु आक्रोशित बनेका छन् । प्रहरीले सो क्रममा पाँच राउण्ड हवाई फायर समेत गरेको छ ।

नगराईन नगरपालिका वडा नम्बर ८ बस्ने १६ वर्षिय बिजय साह हलुवाई आफ्नो भाउजुलाई माइती छाडेर मोटरसाइकलबाट आउदै गर्दा खिरखिरया बिर्ताको मोडिमा घुमुवा हवल्दार प्रेम शंकर ठाकुरले एक्कासी नियन्त्रणमा लिएर हातपात गर्दै बिजय र १२ वर्षको राजकुमार मण्डललाई पछाडिपट्टि हात बाँधेर हत्कडी लगाएर भारत तर्फ लग्न खोजेको आरोप लगाउदै स्थानियवासी आक्रोशित भएपछि बहुअर्वा प्रहरी चौकीले घुमुवा हवल्दार ठाकुर, उनको सहयोगी राजेश साह, बिजय र राजकुमारलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले बालकलाई नियन्त्रणमा लिएको र कुटपिट गरेको भन्दै स्थानीयवासीले बहुअर्वा प्रहरी चौकी घेराउ गरेका छन् । अत्यधिक संख्यामा भिड बढ्न थालेपछि प्रहरीले विभिन्न ठाउमा गरि ५ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् भने अहिले अवस्था शान्तिपुर्ण रहेको बहुअर्वा प्रहरी चौकीका असई रामबाबु रायले बताए ।

उनका अनुसार नियन्त्रणमा रहेका घुमुवा प्रहरी हवल्दार ठाकुर र उनका सहयोगी राजेश साहलाई जिल्ला प्रहरी कार्यालय धनुषालाई जिम्मा लगाईएको छ भने ती दुई जना बालकलाई स्थानीय जनप्रतिनिधि तथा अभिभावकको जिम्मा लगाइने बताए ।

यता प्रहरी नियन्त्रणमा रहेका बिजयले आफुलाई प्रेम शंकर ठाकुरले थप्पडै थप्पडले हिर्काएको र पछि हत्कडी लगाएर मोटरसाइकलमा बसाएर सिमावर्ती क्षेत्र तर्फ लग्न खोजेको बताए । प्रहरीले बालकलाई नियन्त्रणमा लिएको र कुटपिट गरेको भन्दै स्थानीयवासीले बहुअर्वा प्रहरी चौकी घेराउ गरेका छन् । अत्यधिक संख्यामा भिड बढ्न थालेपछि प्रहरीले विभिन्न ठाउमा गरि ५ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् भने अहिले अवस्था शान्तिपुर्ण रहेको बहुअर्वा प्रहरी चौकीका असई रामबाबु रायले बताए ।

उनका अनुसार नियन्त्रणमा रहेका घुमुवा प्रहरी हवल्दार ठाकुर र उनका सहयोगी राजेश साहलाई जिल्ला प्रहरी कार्यालय धनुषालाई जिम्मा लगाईएको छ भने ती दुई जना बालकलाई स्थानीय जनप्रतिनिधि तथा अभिभावकको जिम्मा लगाइने बताए ।

यता प्रहरी नियन्त्रणमा रहेका बिजयले आफुलाई प्रेम शंकर ठाकुरले थप्पडै थप्पडले हिर्काएको र पछि हत्कडी लगाएर मोटरसाइकलमा बसाएर सिमावर्ती क्षेत्र तर्फ लग्न खोजेको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖