ऋ’णमा रेलमार्ग बनाउने स’म्झौता नगर्न कांग्रेसको सुझाव

काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी शनिबार र आईतबार हुने राजकीय भ्रमणको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको छलफलमा कांग्रेसका नेताहरुले ऋणमा रेलमार्ग बनाउने सम्झौता नगर्न सुझाव दिएका छन् । कांग्रेसको तर्फबाट पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व परराष्ट्रमन्त्रीद्धय सुजाता कोइराला र डा. प्रकाशशरण महतको सहभागिता थियो ।

कांग्रेस नेताहरुले चीनसँग भौतिक पूर्वाधार विकासमा समझदारी कायम गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । तर, ऋणमा रेल बनाउन नहुने भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकार्षण गराएका थिए ।

बरु, उनीहरले अनुदानमा बनाउने भए रेलमार्ग बनाउँदा हुने तर्क गरेका थिए । चीनसँगमात्रै नभएर भारतसँगपनि ऋणमा नभई अनुदानमै रेल बनाउनुपर्ने कांग्रेसको जोड छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गरेका छन् । छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।