जेलभित्र पढ्दै महरा, ईतिहासका पुस्तक रोजाईमा !

काठमाडौं, २३ असोज । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौ न दु व्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको दिनाचार्य फेरिएको छ ।

जेलभित्र महराले पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटवार्ता पनि गरेका छैनन् । बरु, उनी पुस्तक अध्ययनमा जुटेका छन् । स्रोतकाअनुसार महराले ईतिहाससम्बन्धी पुस्तक बढि मगाएका छन् ।

यसअघि महराको स्वास्थ्यमा केही समस्या आएको समाचार बाहिर आएको थियो । तर, अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । आइतबार पक्राउ परेका महरालाई सिंहदरबारस्थित प्रहरी चौकीमा राखिएको छ । उनलाई सुगर र प्रेसरको समस्या देखिएको थियो । पहिलादेखि नै सामान्य विरामी महरा पक्राउ परेपछि थप अप्ठ्यारो महसुस गरेका थिए ।

तर, उनी अस्पताल जान मानेका छैनन् । सार्वजनिक स्थानमा जान उनले अप्ठ्यारो मानेका हुन् । त्यसैले उनको स्वास्थ्यको ख्याल गर्नका लागि हिरासत कक्षमा नै अक्सिजन, चिकित्सक र गाडी स्ट्याण्डबाइ राखिएको स्रोतले जानकारी दिएको छ । उनलाई बेलाबेलामा श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिइएको छ । अस्पताल जान नमाने पनि ठूलै समस्या हुन्छ कि भन्ने डरले प्रहरी अस्पतालको गाडी तैनान अवस्थामा राखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।